Sarsoti

वडा अध्यक्ष आक्रमण प्रकरण छानबिनका लागि एमालेले बनायो समिति

lotus institute

महेन्द्रनगर । नेकपा एमालेले भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र देवकोटामाथि भएको साँघातिक आक्रमण छानबिनका लागि समिति बनाएको छ ।

सोमबार बसेको एमाले सचिवालय बैठकले पार्टी उपाध्यक्ष युवराज ज्ञवाली संयोजक रहेको तीन सदस्यीय छानबिन समिति बनाएको हो। सदस्यमा मोर्चा फाँट प्रमुख भानुभक्त ढकाल र ज्वालाकुमारी साह सदस्य छन् ।

morning glory
Mahendranagar

राष्ट्रिय युवा संघ कञ्चनपुरको १० औ जिल्ला अधिवेशनमा संघको निर्वाचन कार्यक्रम अघि बढेपछि पार्टी कार्यालयमा शनिबार संघको एक समूहले आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते देवकोटा उपचारका लागि काठमाडौ लगिएका छन् ।

निर्वाचन मण्डलको सदस्यको हैसियतामा देवकोटाले निर्वाचन कार्यक्रमको तयारी गरि रहेका बेला उनलाई पार्टी कार्यालयबाट बाहिर निकालेर आक्रमण गरिएको थियो ।

त्यस घटना छानबिनका लागि ज्ञवालीको नेतृत्वमा छानबिन समिति बनाएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

saark school
सम्बन्धित
Loading...