ghar sansar

कुतियाकवर वस्तीमा पस्यो महाकालीको बाढी, वस्ती जलमग्न, वासिन्दा त्रसित

Amity

महेन्द्रनगर । महाकाली नदीको बाढी दोधारा चाँदनी नगरपालिका १० स्थित कुतियाकवर वस्तीमा पसेपछि वासिन्दा चिन्तित भएका छन् । लगातारको वर्षापछि महाकाली नदीको प्रवाह बढेपछि बाढी वस्तीमा पसेको हो ।

स्थानीयले बाढी वस्ती पुग्न अघि नै सरसमान सुरक्षित स्थानमा राखेर जोगाएका छन् । बस्तीसम्म पुगेको बाढीले स्थानीयको खेतबारी डुबानमा परेको छ ।

lotus institite

४८ घरधुरी भएको वस्ती वर्षाैदेखि बर्सेनी बाढीको चपेटामा पर्दै आएको हो । तीन सातादेखि नदीले स्थानीयको खेतबारी कटान गर्दै आएको छ ।

वस्तीका टेक बहादुर सुनारले महाकालीको बाढी वस्तीमा आएपछि सबै चिन्तित बनेको बताए । ‘बाढीले वस्तीमा के हुने हो भन्ने त्रास छ’ उनले भने ।

बस्तीमा बाढी पसेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरी उद्धारमा खटिएको छ । स्थानीयका अनुसार २०७८ पछि अहिले फेरि महाकालीको बाढी वस्तीमा पसेजलमग्न भएको छ ।

‘के गर्ने सरकारलाई पक्की तटबन्ध बनाई दिनु प¥यो भने भन्न थालेको दशकौ बित्यो, कसैले सुन्दैन, अब यो भन्दा थोरै ठूलो बाढी आए भने सबै बाढीमा डुब्ने त होला’ स्थानीय माया देबी सुनारले भनिन् ।

Himal dental
सम्बन्धित
Loading...