वडा अध्यक्ष देवकोटामाथि आक्रमणमा संलग्न एमालेका जिल्ला कमिटी सदस्य सहित सात जना पार्टी सदस्यता नरहने गरी निष्कासित

Amity

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष एवम् जिल्ला कमिटी सदस्य रविन्द्र प्रसाद देवकोटामाथि साँघातिक आक्रमणमा संलग्न नेता कार्यकर्तालाई पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरेको छ ।

एमाले जिल्ला कमिटी सचिवालय बैठकले सोमबार आक्रमाणमा संलग्न जिल्ला कमिटीका सदस्य सहितका सात जनालाई पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको हो । राष्ट्रिय युवा संघको १० औं जिल्ला अधिवेशनको निर्वाचन कार्यक्रम तयारी गरिएपछि पार्टी कार्यालयमा वडा अध्यक्ष देवकोटामा आक्रमण भएको थियो ।

janjyoti campus

वडा अध्यक्ष देवकोटामाथि आक्रमण भएपछि बसेको पदाधिकारी बैठकले संलग्न सबैलाई कारवाही गर्ने निर्णय गरेको थियो । सचिवालय बैठकले पदाधिकारी बैठकको निर्णय अनुमोदन गरी पार्टीको सदस्यता समेत नरहने गरी निस्कासन गर्ने निर्णय गरेको हो ।

एमालेले मंगलबार जारी प्रेस विज्ञप्तिमा जिल्ला कमिटीका सदस्य कमल रोकाया, राधाकृष्ण जोशी, केशव चन्द, रमेश भट्ट, युवा संघका रोहित कुँबर, नविन चन्द, र प्रविन बोगटीलाई सदस्यता समेत नरहने गरी पार्टीबाट निस्कासन गरिएको सार्वजनिक गरेको छ ।

एमाले सचिवालय बैठकले वडा अध्यक्ष देवकोटामाथि आक्रमण, पार्टी कार्यालय तोडफोड सहितका अराजक गतिविधि र समानान्तर गतिवधिमा संलग्न अन्य नेता कार्यकर्तालाई कारवाहीका लागि कार्य वाहक अध्यक्ष लक्ष्मी बुढालाई अधिकार प्रत्यायोजना गरेको छ । यसैगरी बैठकले आक्रमणमा संलग्नलाई कानुनी कारवाही गर्न प्रशासनसंग माग गरिएको छ ।

ghar sansar
सम्बन्धित
Loading...