ghar sansar

विद्युतको लापरवाहीले करेन्ट लागेर ज्यान गएको भन्दै सुकासालमा स्थानीय आन्दोलित, पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका–१० का ३६ वर्षीय दिनेश वडको करेन्ट लागेर सुकासालमा मृत्यु भएको छ । पसलमा सामान खरिद गर्न पुगेका बेला नजिकै टांगिएको तारबाट करेन्ट लागेर वडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए।

करेन्ट लागे लगत्तै उनलाई महाकाली प्रादेशिक अस्पताल लगिएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।

dirghayi clinic

विद्युत् प्राधिकरणको लापरबाहीका कारण करेन्ट लागेको भन्दै मृतकका आफन्त तथा स्थानीय आन्दोलित भएका छन् ।

परबाही गर्ने कर्मचारीलाई कारबाही तथा मृतकको परिवारलाई क्षतिपूर्तिको माग राख्दै मृतका आफन्तहरुले अहिले पूर्व पश्चिम राजमार्ग अन्तर्गत भीमदत्त नगरपालिका ५ सुखासालमा सडक अवरुद्ध गरेका छन् ।

शव अहिले महाकाली अस्पतालमै राखिएको छ। मृतकका आफन्तहरुले क्षतिपूर्ति नपाउँदा सम्म शव नबुझ्ने बताएका छन् ।

Himal dental
सम्बन्धित
Loading...