जनतासंग जनप्रतिनिधि कार्यक्रम लिएर वासिन्दाको घरदैलोमा पुगे वडा अध्यक्ष थापा

महेन्द्रनगर । भीमदत्त नगरपालिका ११ का वडा अध्यक्ष प्रकाश थापा जनतासँग जनप्रतिनिधि कार्यक्रम लिएर वडा वासिन्दासम्म पुगेका छन् । वडाको विकास निर्माण सहित स्थानीयका समस्या, सुझाव र गुनासो सुन्न उनी जनतासँग जनप्रतिनिधि कार्यक्रम लिएर वडाका टोल टोलमा गएका छन् ।

वडा अध्यक्ष थापाले वडाका विभिन्न सार्वजनिक क्षेत्र, टोलमा सरसफाईदेखि जनतासंग अन्तरसम्वाद गरी सुझाव संकलन भई रहेको बताए ।

हालसम्म हुनैनाथ, बैजनाथ टोलदेखि शुरु भएर कार्यक्रम अभियानमा रुपमा अघि बढेको छ । यसपछि अन्य टोलहरु हनुमानगढ, पशुपति, शिवज्योति, जनज्योति, र महाकाली, बरेली र सम्झना टोलमा निरन्तरता दिइने वडा अध्यक्ष थापा बताउँछन् ।

सम्बन्धित
Loading...