ghar sansar

सुकासालमा इन्टरनेट तारको करेन्टले मृत्यु भएका ओडका परिवारलाई डिस होमले दियो क्षतिपूर्ति, विद्युत प्राधिकरणले आफ्नो प्रक्रिया पूरा गरेपछि दिने

little buddha academy
khasi

महेन्द्रनगर । करेन्ट लागेर मृत्यु भएका भीमदत्त नगरपालिका १० का दिनेश ओडका परिवारलाई क्षतिपूर्ति दिइएको छ ।

dirghayi clinic

भीनपा १० सुकासालका ३८ बर्षिया ओडको साउन ३१ गते करेन्ट लागेर मृत्यु भएको थियो। करेन्ट लागेर ज्यान गुमाएका ओडका परिवारलाई नेपाल विद्युत प्राधिकरण र डिसहोम अप्टीनेट सलुसन प्रालिले क्षतिपूर्ति दिएको हो। विद्युतको पोलमा झुण्डिएको तारबाट पैदल यात्रा गरिरहेका दिनेशको मृत्यु भएपछि मृतक परिवार आफन्त आन्दोलित भएका थिए।

,orning glory badhai

पीडित पक्षसंग नेपाल विद्युत प्राधिकरण र फाईबर नेटका सञ्चालकबीच शुक्रबार सहमति भएको हो। मृतक ओडका नाबालक सन्तानको उचित पालनपोषणका लागि डिसओमले १० लाख रकम दिएको छ भने नेपाल विद्युत प्राधिकरणले क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउने र मृतक ओडका परिवारका एक सदस्यलाई भीमदत्त नगरपालिकाले रोजगारी उपलब्ध गराउने सहमति भएको छ ।

साथै आगामी दिनमा थप दुर्घटना हुन नदिन एक सातभित्रै विद्युत र डिसहोमका तार व्यवस्थापन गर्ने समेत प्राधिकरणले प्रतिवद्धता जनाएको छ।

Himal dental
सम्बन्धित
Loading...