ghar sansar

जनज्योति क्याम्पसले मनायो २२ औं स्थापना दिवस, क्याम्पस प्राङ्गणमा वृक्षारोपण, अनाथालयलाई सहयोग

little buddha academy
khasi

महेन्द्रनगर । जनज्योति बहुमुखी क्याम्पसले २२ औं स्थापना दिवस मनाएको छ । शनिबार विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाइएको छ ।

क्याम्पस प्रमुख प्रकाशदत्त जोशीले स्थापना दिवसमा वृक्षारोपण, समाज कल्याण बाल अनाथालयमा अक्षय कोष स्थापना लगायतका कार्यक्रम गरिएको जानकारी दिएका छन् । अनाथालयमा अक्षय कोषका लागि २५ हजार एक सय २५ रुपैँया सहयोग गरिएको छ ।

,orning glory badhai

जनज्योति एजुकेशन फाउण्डेशनका अध्यक्ष माधव प्रसाद जोशीले अनाथालयका अध्यक्ष दयाकृष्ण जोशीलाई चेक हस्तान्तरण गरेका छन् ।

शनिबार विहान क्याम्पस प्राङ्गणमा वृक्षारोपण गरिएको छ । फाउण्डेशनका अध्यक्ष जोशी सहित सदस्यहरु भवानी प्रसाद पन्त, शंकरदत्त भट्ट, हरिराम चौधरी, नवराज जोशी, गंगा साउँद विष्ट, क्याम्पस प्रमुख प्रकाशदत्त जोशी, जनज्योति माविका प्रिन्सिपल सुरेन्द्रराज जोशी, लेखा समितिका संयोजक प्रजापति नेगी, सदस्य अम्बालदत्त जोशी लगायतका शिक्षक, कर्मचारी, विद्यार्थी वृक्षारोपणमा सहभागी भएका छन् ।

जनज्योति एजुकेशन फाउण्डेशनसले क्याम्पस र माध्यमिक विद्यालय सञ्चालन गर्दै आएको छ । सुदूरपश्चिममा कक्षा नर्सरीदेखि स्नातकोत्तरसम्म पठनपाठन हुने शैक्षिक संस्थाको रुपमा पहिचान बनाएको छ ।

dirghayi clinic

क्याम्पसमा स्नातक र स्नातकोत्तर तथा माध्यमिक तहमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ । अंग्रेजी माध्यममा पठनपाठन हुने कक्षा माध्यमिक तहको कक्षा ११ र १२ मा व्यवस्थापन, शिक्षा, कानुन र मानविकी विषयको पठनपाठन हुने गरेको छ ।

क्याम्पस प्रमुख जोशीले स्नातक तहमा प्राविधिक विषयका रुपमा बीबीएस, बीसीए, बीएडब्लु, बीए, बीएड तथा स्नातकोत्तरमा एमबीएस, एमएस तथा एमएडको पठनपाठन हुने गरेको जानकारी दिए ।

दुई हजार ८ सय १२ विद्यार्थी अध्ययनरत क्याम्पसमा १ सय १४ जना शिक्षक कर्मचारी कार्यरत छन् ।

क्याम्पसले न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको दावी गरेको छ । क्याम्पसले राष्ट्रिय परीक्षा बोर्ड, त्रिभुवन विश्वविद्यालय, शिक्षक सेवा आयोग र लोक सेवा आयोगको नतिजाबाट नतिजाबाट शैक्षिक गुणस्तर प्रष्ट हुने बताएको छ ।

क्याम्पसले यसै शैक्षिक सत्रदेखि क्याम्पस र विद्यालयमा नयाँ व्यवस्थापन साथ अघि बढ्ने स्थापना दिवकास अवसरमा आयोजित कार्यक्रममा जानकारी दिइएको छ ।

 

Himal dental
सम्बन्धित
Loading...