ghar sansar

निङ्गलाशैनी माविमा योग विज्ञान शिवर सञ्चालन

little buddha academy
khasi

महेन्द्रनगर । निङ्गलाशैनी योग साधना केन्द्रको आयोजना तथा पतञ्जली योग समिति कञ्चनपुरको प्राविधिक सहयोगमा निङ्गलाशैनी माध्यमिक विद्यायको प्राङ्गणमा योग विज्ञान शिवर सुरु भएको छ । शेर बहादुर चन्दको सभापतित्वमा गरिएको कार्यक्रममा पतञ्जली योग समिति नेपालका केन्द्रिय सदस्य लब राज भट्ट प्रमुख अतिथि थिए ।

कार्यक्रममा पतञ्जली योग समितिका केन्द्रका सदस्य गणेश प्रसाद भट्टले सञ्चालन गरेको कार्यक्रममा पतञ्जली समितिका जिल्ला अध्यक्ष दयाकृष्ण जोशी, नगर अध्यक्ष पवन पनेरु लगायतका योग प्रशिक्षक सहित भीनपा वडा नं. ४,१५ र १८ का वासिन्दा सहभागी भएका छन् ।

,orning glory badhai

dirghayi clinic

निङ्गलाशैनी योग साधना केन्द्रले सबै आफ्नो कार्यक्षेत्र गोबरैया भित्रका प्रत्येक घर परिवारमा योग सम्बन्धिको चेतना जागृत गरी स्वास्थ्य संग समृद्धिका लागि रोग विशेषका योग अभ्यास गर्ने र उक्त रक्तचाप, महुमेह, ढाडकम्मर दुखाई, पेटका रोगि, निद्रा नलाग्ने, तथा तनाव विर्सजनका लागि विशेष प्रकारको योग गर्ने गराउन यो शिविर फलदायि हुने कुरमा केन्द्रका मुख्य प्रशिक्षक प्रेम सिंह भाटले विश्वस्त रहेको बताए ।

प्रमुख अतिथि, विशिष्ट अतिथि तथा योग प्रशिक्षकहरुलाई धन्यवाद ज्ञापन गर्दै योग साधान केन्द्रकी सदस्य लक्ष्मी चन्दले एक महिना सम्म संचालन गरिने योग शिविर बाट उत्कृष्ट योग साधकहरुलाई योग उप शिक्षकका लागि सिफरिस गरि ग्रामिण तहमा समेत योग शिक्षकहरुको संख्या वृद्धि गर्ने समेत योग शिविरको लक्ष्य लिएकोले गोबरैया क्षेत्रबाट एक सय जना प्रशिक्षक तयार गर्ने योजना निङ्गलाशैनी योग साधना केन्द्रको रहेको बताए ।

एक महिनासम्म चल्ने योग विज्ञान शिविरमा मुख्य प्रशिक्षकको रुपमा प्रशिक्षक प्रेम सिंह भाट छन् भने हरेक दिन विशेषज्ञ योग प्रशिक्षक, योग दर्शन, प्रार्थना, मन्त्र लगायत यज्ञ गर्ने विधिका लागि आचार्य समेत सहभागी हुने बताईएको छ ।

   

Himal dental
सम्बन्धित
Loading...