Sarsoti

लेखापाल कुटपिटपछि बन्द जिमुवाको सिद्धनाथ माविमा शुक्रबारदेखि पठनपाठन

lotus institute

महेन्द्रनगर । लेखापालमाथि निर्घात कुटपिट भएछि बन्द जिमुवास्थित सिद्धनाथ मध्यमिक विद्यालयमा शक्रबारदेखि पठनपाठन सुरु भएको छ ।  भदौ ३ गते विद्यालयमा लेखापाल विरेन्द्र प्रसाद जोशीमाथि कुटपिट भएपछि पठनपाठन बन्द गरिएको थियो ।

विद्यालयमा बुुधबार गरिएको अभिभावक भेलबाट शुक्रबारदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको विद्यालयका प्रद्यानाध्यापक कृष्ण सिह बोहराले बताए ।

morning glory

मंगलबार जिल्ला प्रशासन कार्यालयमा शिक्षक महासंघसित पाँच बुँदे सहमछि आन्दोलन फिर्ता भएको थियो । सहमतिपछि विद्यायले पठनपाठन सञ्चालनका लागि बुधबार भेला बोलाएको हो ।

Mahendranagar

विद्यालयमा ६ सय विद्यार्थी अध्ययनरत छन् । यस वर्षदेखि विद्यालयमा अंग्रेजी माध्यममा पनि पठनपाठन सञ्चालन गरिएको छ ।

विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्राले जोशीमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएपछि भदौ ३ गते प्रहरीले नियन्त्रणमा लिई सकेपछि उनलाई निर्घात कुटपिट गरिएको थियो ।

अभिभावक भेलामा घट्नापछि ज्यान मार्ने उद्योगमा किटानी जाहेरी परेका फरार करन मल्लको भिडियो सम्बन्धि छलफल भएको छ । मल्लले व्यवस्थापन समिति अध्यक्ष जगदीश विष्ट र प्रधानाध्यापक बोहरामाथि कुटपिट गराउन लगाएको आरोपको भिडियो मंगलबार सार्वजनिक भएको थियो ।

विद्यालयका प्रधानाध्यापक बोहराले मल्लले अनावश्यक आरोप लगाएर भ्रम छर्न खोजेको बताए ।

saark school
सम्बन्धित
Loading...