ghar sansar

वडा अध्यक्ष देवकोटा कुटपिट प्रकरणका सबै आरोपी रिहा, अस्पताको बेडबाटै देवकोटाले पोखे आक्रोश

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटालाई साँघातिक आक्रमणमा गरी ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएका सबै जना प्रहरी हिरासतबाट रिहा भएका छन् । जिल्ला अदालत कञ्चनपुरले मंगलबार थुनछेक बहसमा उनीहरु सबैबाट धरौटी लिएर रिहा गर्न आदेश दिएको हो ।

अदालतको आदेशपछि प्रहरी हिरासतमा रहेका सबै ९ जना रिहा भएका छन् । राष्ट्रिय युवा संघ कञ्चनपुरको जिल्ला अधिवेशनमा साउन २७ गते वडा अध्यक्ष देवकोटामाथि एमाले पार्टी कार्यालयमा आक्रमण भएपछि एमाले जिल्ला कमिटी सदस्यहरु कमल रोकाया, केशव चन्द, रमेश भट्ट सहित लेखान्त बुढा, नबिन चन्द, रोहितजङ्ग कुँबर, केशव चन्द र निराजन शाह विरुद्ध ज्यान मार्ने उद्योग किटानी जाहेरी दर्ता गरिएको थियो ।

dirghayi clinic

जिल्ला अदालतको आदेशपछि वडा प्रहरी कार्यालयको हिरासतमा रहेका उनीहरु सबै रिहा भएका छन् । वडा प्रहरी कार्यालयका इन्चार्ज याम बहादुर मल्लले आदेशपछि रिहा भएको बताए ।

देवकोटा परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्तापछि फरार भएका उनीहरु प्रहरीमा आत्मसपर्मण गरेपछि अनुसन्धान गरिएको थियो ।

देवकोटाको काठमाडौंस्थित हेल्पिङ्ग हेण्ड अस्पतालमा उपचार भई रहेको छ । एमालेबाट २०७९ को स्थानीय तह निर्वाचनमा उनी वडा निर्वाचित भएका हुन् ।

जिल्ला अदालतको आदेशपछि घाइते देवकोटाले धरौटीमा छाड्ने आदेशमा असन्तुष्टि पोखेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा पैसा बिक्ने कानुन र न्याय हराएको देश भदै आक्रोश पोखेका छन् ।

Himal dental
सम्बन्धित
Loading...