ghar sansar

भूमि आयोगका अमिनले दोधारा चाँदनीमा अवैध रकम अशुल्ने गरेको व्यापक गुनासो, आयोगका सदस्य सचिव भन्छन्– रकम लिन पाइदैन, लिखित गुनासो आए कारवाही हुन्छ

महेन्द्रनगर । राष्ट्रिय भूमि आयोग जिल्ला समिति कञ्चनपुरका प्राविधिकले जग्गा नापजाँच गर्दा अवैध रुपमा रकम अशुली गरेको व्यापक गुनासो आएको छ । दोधारा चाँदनी नगरपालिका कार्यालयले शुक्रबार कार्यालयमा गरेको सार्वजनिक सुनुवाई अमिनले जग्गा नापजाँचमा रकम लिएको गुनासो आएको सार्वजनिक भएको थियो ।

दोधारा चाँदनी नगरपालिकाले गत आर्थिक वर्ष २०७९÷०८० को सार्वजनिक सुनुवाईका लागि शुक्लाफाँटा मिडियालाई परामर्शदाताको रुपमा जिम्मेवारी दिएको थियो । परामर्शदाता शुक्लाफाँटा मिडिया प्रा.लि.ले स्थलगत अध्ययनका क्रममा सबै वडाबाट अमिनले जग्गा नापजाँचका लागि रकम लिएको गुनासो आएको हो । सबै वडाबाट आएको गुनासोलाई सार्वजनिक सुनुवाई कार्यक्रममा परामर्शदाताले सार्वजनिक गरेको छ ।

mantra hos123

शुक्लाफाँटा मिडिया प्रालिका विष्ण्ुादत्त अवस्थीले स्थलगत अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै जग्गा नापजाँचमा सबै वडामा अमिनले रकम लिने गरेको र त्यसमा पनि दुई वडाबाट सबैभन्दा बढी गुनासो आएको उल्लेख गरेको थिए ।

‘जग्गा नापजाँचमा सबै वडामा अमिनले रकम लिएको गुनासो आएका छन्, त्यसमा पनि दुई वडामा सबैभन्दा बढी गुनासो आयो’ उनले भने ।

अमिनले जग्गा नापजाँचका लागि के कति रकम लिए भन्ने बारे प्रतिवेदनमा खुलाइएको छैन । सार्वजनिक कार्यक्रममा सहभागी दोधारा चाँदनी नगरपालिका १ का किशोर आग्रीले पनि अमिनले पैसा खाने गरेको आफूले पनि सुनेकाले सत्यतथ्य बुझेर आवश्यक कारवाही गर्न नगरपालिका नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

भूमि आयोगबाट दोधारा चाँदनी नगरपालिका कोषराज जोशीको नेतृत्वमा प्राविधिक टीम परिचालन भएको छ । आयोगले कञ्चनपुरका २२ जना प्राविधिक पठाएकोमा अहिले १६ जना कार्यरत छन् । आयोगले करारमा नियुक्त गरी परिचालन गरेका उनीहरुलाई स्थानीयबाट कुनै पनि रकम लिन नपाउने गरी जिम्मेवारीमा खटाएको छ ।

राष्ट्रिय भूमि आयोग कञ्चनपुरका सदस्य सचिन नापी अधिकृत पुस्कल बहादुर पालले आयोगको कुनै पनि कर्मचारीले जग्गा सम्बन्धि कामकाजका लागि स्थानीयबाट रकम लिन नपाउने बताए ।

‘भूमि आयोगले नियुक्त गरी पठाएका कुनै कर्मचारीले काम गरे वापत रकम लिन पाउँदैन’ उनले भने,‘त्यहाँ के भएको रहेछ, कार्यालयमा औपचारिक जानकारी आएको छैन, त्यसरी लिइएको रहेछ भने कारवाही हुन्छ ।’

सदस्य सचिव पालका अनुसार अमिन जोशीले रकम लिने गरेको मौखिक गुनासो यस अघि पनि आएको थियो । दोधारा चाँदनीका एक स्थानीयले मौखिक गुनासो आएपछि नगरपालिका कार्यालयलाई जानकारी दिइएको थियो ।

‘लिखित रुपमा आएको थिएन, मौखिक रपमा आएको हो, त्यसपछि नगरपालिकालाई त्यो गुनासो सम्बन्धि जानकारी दिएका थियौ’ उनले भने ।

अमिले जग्गा नापजाँचमा रकम अशुली गरेको लिखित गुनासो आएपछि उनीमाथि कारवाही प्रक्रिया अघि बढाइने सदस्य सचिव पालले बताए । ‘लिखित आएपछि सिडिओ सापले पनि कारवाही अघि बढाउन सक्नु हुन्छ’ उनले भने ।

सार्वजनिक सुनुवाई कार्यक्रममा किशोर लिम्बु, उप मेयर गंगा जोशी र प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्र सहित वडा अध्यक्ष सहभागी कार्यक्रममा मेयर लिम्बुले सहभागीहरुको प्रश्नको जवाफ दिएका थिए ।

भूमि आयोगका अमिनको रकम अशुली गुनासो मेयर लिम्बुले जवाफ दिएनन् । उनी बाहेक उप मेयर जोशी, प्रमुख प्रशासकीय अधिकृत मिश्र र वडा अध्यक्षहरु पनि रकम अशुलीमा मौन बसेका थिए ।

मेयर लिम्बु यस अघि भूमि आयोगका विज्ञ सदस्य थिए । २०७९ को स्थानीय तह निर्वाचन अघि लिम्बुको सदस्यको कार्यकाल सकिएको थियो ।

अहिले आयोगका पूर्व सदस्यको गृह नगरमा आयोगका अमिनले जग्गा नापजाँचमा अवैध अशुली गरेको गुनासो स्थानीयले गरेका हुन् । कञ्चनपुरमा ४ हजार बढी हेक्टर जमिन नापजाँच गरिएको छ ।

आयोगका अमिन जोशीमाथि लागेको आरोपबारे उनीसित जानकारीका लागि सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

सार्वजनिक सुनुवाईको परामर्शताले दोधारा चाँदनीका सबै १० वडाका एक सय जनालाई नगरपालिकाको सेवा सुविधा प्रवाहको अवस्था, विकास निर्माणको अवस्था लगायत विभिन्न विषयमा स्थलगत रुपमा भेटघाट गरेको थियो ।

Himal dental
सम्बन्धित
Loading...