ghar sansar

लागु औषध दुव्र्यसन रोक्न बाल संगठन कञ्चनपुरको सचेतना कार्यक्रम सुरु

little buddha academy
khasi

महेन्द्रनगर । नेपाल बाल संगठन कञ्चनपुरले लागु औषध दुव्र्यसन रोक्न सचेतना मुलक कार्यक्रम सुरु गरेको छ । लागु औषध सेवन गम्भीर समस्याका रुपमा फैलिएपछि विभिन्न सरोकारवाला निकाय सहित विद्यार्थी, शिक्षक, महिला स्वास्थ्य स्वयम् सेविकासित रोकथामका लागि कार्यक्रम सुरु गरिएको छ ।

दोधारा चाँदनी नगरपालिकाबाट सोमबार कार्यक्रम सुरु गरिएको छ । बाल संगठनले जनजागृति विकास समाजसित सहकार्य गरी कार्यक्रम गरेको छ । बाल संगठन कञ्चनपुरका अध्यक्ष राम बहादुर बुडाको अध्यक्षतामा गरिएको कार्यक्रममा दोधारा चाँदनी नगरपालिका ९ का वडा अध्यक्ष गोपीलाल कँडेल प्रमुख अतिथि थिए । कार्यक्रमका प्रमुख अतिथि कँडेलले व्यानर बाचन गरी कार्यक्रम उद्घाटन गरे ।

,orning glory badhai

बाल संगठनका अध्यक्ष बुडाले अहिले बालबालिका दैनिक रुपमा लागु औषध दुव्र्यसनमा फस्दै गएकाले सरोकारवाला सबै निकायसित छलफल गरी सामूहिक रुपमा रोकथामका लागि कार्यक्रम सुरु गरिएको बताए ।

‘अहिले पत्रपत्रिकामा दैनिक रुपमा लागु औषधका समाचार आइ रहेका छन्, यो समाजको एउटा गम्भीर समस्याका रुपमा देखिएको छ, युवा युवती जो देशको भविष्य हुन्, यसमा फसि रहेका छन्, यो निकै गम्भीर समस्या भई सक्यो’ उनले भने,‘अब सरोकारवालासित छलफल गरी यसलाई रोकथामका सहयोग पुगाउन संगठनले सचेतना मुलक कार्यक्रम गरेको छ, यसलाई अन्य स्थानीय तहमा पनि गर्छौ ।’

अध्यक्ष बुढाले लागु औषध दुव्र्यसन रोक्न बालबालिकाका अभिभावकसित सचेतीकरण कार्यक्रम गर्ने र लागु औषध ओसारपसार हुने भारतसित सीमा जोडिएका बेलौरी, पुनर्वास र बेलडाँडी गाउँपालिकामा कार्यक्रम गरिने जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयले हालसम्म पक्राउ गरेकामध्ये सबैभन्दा बढी दक्षिणी क्षेत्रका बेलौरी, पुनर्वास र बेलडाँडीबाट छन् । प्रहरीले तीन वर्षदेखि लागु औषध कारोबार र दुव्र्ससन नियन्त्रणका लागि अभियान सञ्चालन गर्र्दै आएको छ ।

‘बाल संगठनले पनि लागु औषध ओसारपसार हुने क्षेत्रमा कार्यक्रम फोकस गरी यस विरुद्ध सबैलाई एकमत बनाउने सोच अघि सारेको छ’ अध्यक्ष बुडाले भने ।

कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले दोधारा चाँदनी नगरपालिकासित लागु औषध सेवनको समस्या गम्भीर रुपमा देखिएकाले रोकथामका लागि सबैले सक्रिय भएर लाग्नु पर्नेमा जोड दिए ।

‘यो एउटा लत हो, यो बानीले हुन्छ, बानी निर्माण भएपछि यसलाई छुटाउन निकै समस्या हुन्छ’ उनले भने,‘यो नगरपालिका पनि यसबाट धेरै प्रभावित छ, यस विरुद्ध सबै एकजुट हुनु आवश्यक छ ।’

जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, स्वयम् सेविका लगायतका सहभागी कार्यक्रममा इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी सहायक निरीक्षक नारायण बहादुर विष्ट र संवाद समूह कञ्चनपुरका संयोजक गगन खत्रीले कार्यक्रम सहजीकरण गरे ।

इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक विष्टले लागु औषध, यसको उत्पत्ति, कारोबार, कानुनी व्यवस्था लगायतका विषयबारे जानकारी दिए ।

dirghayi clinic

भारत सीमा नाकाका कारण कैलाली र कञ्चनपुर लागु औषधको रेड जोन भएको उल्लेख गर्दै विष्टले अहिले सुदूरपश्चिमका पहाडी जिल्लासम्म लागु औषध कारोबार पुगेकोमा चिन्ता व्यक्त गरे ।

प्रहरी सहायक निरीक्षक विष्टले सीमा नाकामा पर्याप्त सुरक्षा जनशक्ति परिचालन र आधुनिक प्रविधि जडान गर्न नसकिएकाले लागु औषध ओसारपसार नियन्त्रणमा समस्या भएको बताए ।

‘लागु औषध नेपालमा बन्ने होइन, यता त सप्लाई मात्रै हुने हो, खुला सीमा छ, त्यसैले कैलाली र कञ्चनपुर रेड जोनमा छन्’ उनले भने,एउटा ‘हामीसित पर्याप्त जनशक्ति छैन, अर्को अझै पनि हामीसित अपराध रोक्ने त्यस्तो प्रविधि आएको छैन ।’

प्रहरी सहायक निरीक्षक विष्टका अनुसार दोधारा चाँदनी नगरपालिकाबाट आर्थिक वर्ष २०७८÷०७९ मा चार र २०७९÷०८० मा एक लागु औषधको एक मुद्दा दर्ता भएको छ ।

संवाद समूह कञ्चनपुरका संयोजक खत्रीले विद्यार्थीले आफूले सिकेर गाउँ समाजलाई पनि लागु औषध विरुद्ध जागरुक गराउनु पर्ने बताए ।

कार्यक्रममा विद्यार्थी सहित स्थानीयले दोधारा चाँदनीमा लागु औषध सेवनको गम्भीर समस्या भएको उल्लेख गर्दै रोकथामका लागि सक्रियता देखाउनु पर्नेमा जोड दिए ।

दोधारा चाँदनी नगरपालिका ३ की राधिका साउँदले नगरपालिका चोकहरु मदिरा सेवनका लागि प्रयोग भई रहेको बताइन् । ‘मैले ओजिटी गर्दा पनि त्यस्तै पाएको थिए, अहिले पनि चोक चोकमा जाँड रक्सी तन्काई रहेका पाइन्छन्’ उनले भनिन् ।

विद्यार्थी मणी सुनारले विद्यालय, कबर्ड हल लगायतका सार्वजनिक संरचना लागु औषध दुव्र्यसनको अखाडा बनेको बताए ।
शंकर पार्वती विद्यालयका शेखर भट्टले चुरोट कारोबारलाई प्रतिबन्ध लगाएर मात्रै गाँजा रोक्न सकिने बताए । ‘गाँजालाई त चुरोमा हालेर खान्छन्, चुरोट नै बन्द गरि दिए गाँजाको त जरो नै काटिन्छ’ उनले भने ।

ओमकार आधारभूत विद्यालयका प्रधानाध्यापक दिपकचन्द्र ओझा, विद्यार्थी आकाश शर्मा, टिकादेबी मगर लगायतले लागु औषध नियन्त्रणका लागि आ–आफ्नो धारणा राखे ।

ओमकार आधारभूत विद्यालयका प्रधानाध्यापक ओझाले विद्यार्थीले गुरुको महत्व बुझन नसकेकाले अहिले समस्या देखिएको उल्लेख गर्दै ९० प्रतिशत सामुदायिक विद्यालय समस्याग्रस्त भएको बताए ।

ओझाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बर्सेनी खस्कदै गएको उल्लेख गर्दै कार्यक्रम गरी लागु औषध रोकथाम गर्न नसकिने बताए ।

जनजागृति विकास समाजका सदस्य कलावति अधिकारीले स्वागत मन्तव्य राख्दै लागु औषध सेवनका कारण आफूहरु निकै दुःखी भएकाले सबै मिलेर यसलाई नियन्त्रण गर्नु पर्नेमा जोड दिइन् ।

बाल संगठनका सदस्य गणेश सिह ऐरीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारे । संगठनका सचिव दिर्घराज भट्टले सञ्चालन गरेको कार्यक्रममा उप सभापति उमेश पाण्डेय, सदस्य लोकेश पाल लगायतका सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...