ghar sansar

जल उपभोक्ता संघ प्रथम चरण क्षेत्रीय समितिको वार्षिक साधारण सभा, सिँचाईका अतिक्रमित जमिन खाली गरिने

महेन्द्रनगर । अतिक्रमित क्षेत्र खाली गर्ने सहितका विभिन्न निर्णग गर्दै महाकाली सिँचाई आयोजना जल उपभोक्ता संघ प्रथम चरण क्षेत्रीय समितिको १० औं वार्षिक साभारण सभा सकिएको छ ।

साधारण सभाको बन्द सत्रबाट क्षेत्रीय समिति मातहतको ब्लक तथा टर्सरीको अतिक्रमित क्षेत्र खाली गर्ने, सिँचाई सेवा शुल्क अशुल गर्ने, सिँचाई प्रणालीको विकासका लागि बजेट माग गर्ने लगायतका निर्णय भएका छन् ।

क्षेत्रीय समितिको कार्यालयमा आयोजित साधारण सभाको उद्घाटन काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गरे । उनले सिँचाईको जग्गा अतिक्रमण हटाउनु र सिँचाईका लागि बजेट व्यवस्थापन गर्न सहयोग गर्ने आश्वासन दिए । कार्यक्रममा लेखकले सिँचाई विना कृषि क्षेत्रको विकास हुन नसक्ने भएकाले आफूले सक्दो सहयोग गर्ने धारणा राखे ।

क्षेत्रीय समितिका अध्यक्ष गंगादत्त भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा लेखक सहित सुदूरपश्चिम प्रदेश सभा सदस्य मधु भारती, जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा लगायतले शुभकामना मन्तव्य राखे ।

क्षेत्रीय अध्यक्ष भट्टले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन महसचिव कृष्णराज पाण्डेयले गरे । कार्यक्रममा क्षेत्रीय समिति आवद्ध सबै सदस्य सहभागी भएका छन् ।

गड्डाचौकीदेखि दैजीसम्मको नहर क्षेत्रमा पर्ने प्रथम चरणका ५ ब्लक क्षेत्रीय समिति मातहत छन् । सिँचाई आयोजानको दोस्रो चरण अन्र्तगत चार ब्लक छन् ।

क्षेत्रीय समितिका सदस्य हेमराज भट्टले समिति मातहत सबै ब्लकको जमिन अतिक्रमण गरिए पनि बी ब्लकको गोबरैया, जानकीटोल र कटान क्षेत्रमा सबैभन्दा अतिक्रमित भएको बताए ।

उनले सिँचाई जमिन अतिक्रमण, चैतमा भारतले महाकाली नदीबाट पानी नदिने र सिँचाई शुल्क अशुली लगायतमा समस्याबारे साधारण सभामा छलफल गरिएको बताए ।

 

Himal dental
सम्बन्धित
Loading...