ghar sansar

शैक्षिक माफियाको पक्षमा भएको भन्दै शिक्षकहरुले जलाए शिक्षा विधेयक

डिल्लीराज पन्त
महेन्द्रनगर । कञ्चनपुरमा प्रस्तावित शिक्षा विधेयक जलाईएको छ । जिल्ला शिक्षक संघ संगठनहरुले शिक्षा विधेयक शिक्षकको हकहित भन्दा पनि शैक्षिक माफियाको पक्षमा भएको भन्दै शुक्रबार शिक्षा विधेयक जलाएका हुन् । शिक्षा विकास तथा समन्वय इकाई कार्यालय महेन्द्रनगरको प्राङगणमै विधेयक जलाएर आन्दोलनको चेतावनी दिएका छन ।

नेपाल राहत शिक्षक समिति केन्द्रीय सह बरिष्ठ अध्यक्ष नविन सिह धामीले विधेयक शिक्षक, कर्मचारीको हित विपरित भएको यो कालो विद्येयकलाई जलाउने मात्रै परास्त गर्न असोज ३ गते देखि चर्को रुपमा सडक आन्दोलन थालिने चेतावनी दिएका छन ।

नेपाल शिक्षक संघ सुप प्रदेशका अध्यक्ष बिर्ख बहादुर मल्लले विधेयक कालो भएकाले त्यस विरुद्धमा देशैभरीका शिक्षक आन्दोलनमा उत्रिएको र शिक्षक विरोध, योग्यतामाथि धावा बोल्ने कार्य भएकोले बाल विकास, विद्यालय कर्मचारी, राहत, अनुदान साविक उच्च मावि स्थायी सबै शिक्षक बिरोध विधेयक खारेजीका लागि सडक आन्दोलनको विकल्प नभएको बताए ।

शिक्षक महासंघको कार्यक्रम अनुरुप आन्दोलन भएको बताउँदै बाल दिवसकै दिन नयाँ शिक्षा विधेयक जलाएसंगै शिक्षा क्षेत्रमा आउने कार्यक्रम शंकास्पद रहेको र शिक्षकको हकहितका लागि दलको कार्यकर्ता बन्न नहुने भन्दै सरकारले अविलम्व शिक्षा विद्येयक निति परिमार्जन र संशोधनमा गनुपर्ने शिक्षकहरुले जोड दिएका छन् ।

सरकारले शिक्षकहरुको विद्येयक ऐनमा पारित गर्नु भन्दा पहिले नै विभिन्न शिक्षक हकहितका लागी पैरवि गर्ने संघ–संस्थाहरु संग थप समन्वय गरि उचित विद्येयकका लागि पहल थाल्नु पर्ने उनीहरु बताउँन् ।

Himal dental
सम्बन्धित
Loading...