ghar sansar

घटाल बहुमुखी क्याम्पस फेरि सञ्चालन, बेदकोटका सबै वडाबाट दुई÷दुई जनालाई निःशुल्क पढाउने

little buddha academy
khasi

महेन्द्रनगर । बेदकोट नगरपालिका ७ सुडास्थित घटाल बहुमुखी क्याम्पस फेरि सञ्चालनमा आएको छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धमा सञ्चालन गरिएको क्याम्पसमा दुई वर्षदेखि पठनपाठन बन्द थियो ।

क्याम्पस यस वर्षका लागि स्नातक तह व्यवस्थापन संकाय (बीबीएस) मा भर्ना खोलेको छ । क्याम्पसले भर्ना हुने विद्यार्थीका लागि निःशुल्क पठनपाठनदेखि विभिन्न आकर्षक कार्यक्रम अघि सारेको छ ।

,orning glory badhai

क्याम्पस प्रमुख देवराज पन्तले विद्यार्थीहरुलाई गुणस्तरीय, प्रविधिमैत्री र स्वरोजगार बनाउने लक्ष्य राखेर क्याम्पस सञ्चालन गरिएको बताए ।

‘व्यवस्थापन संकायको अहिले संसारभित्र राम्रो स्कोप छ, हामी विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिएर आफ्नो खुट्टामा उभिएर खाओस भन्ने बनाउन चाहन्छौ’ उनले भने ।

dirghayi clinic

क्याम्पस सञ्चालनका लागि बेदकोट नगरपालिका र सबै वडा कार्यालयले सहयोग गरेका छन् । वडा कार्यालयको सहयोगमा सबै वडाका दुई÷दुई जनालाई निःशुल्क पठनपाठन गरिने क्याम्पस प्रमुख पन्तले बताए ।

निःशुल्क पठनपाठन बाहेक स्थानीय तहको समन्वयमा विद्यार्थीलाई छात्रबृत्ति, शुक्रबार अतिरिक्त कक्षाका रुपमा बैंकिङ्ग तथा शेयर मार्केटिङ्गका कक्षा सञ्चालन गर्ने, विद्यार्थीहरुलाई केस स्टुडिज, प्रपोजल राइटिङ्ग, रिपोर्ट राइटिङ्ग लगायतका सिकाईने र टुयसन पढ्न बाध्यताबाट हटाउन लगायतका योजना बनाइएको क्याम्पस प्रमुख पन्तले बताए ।

झण्डै पाँच वर्ष सञ्चालन गरिएको क्याम्पस पठनपाठन बन्द भएपछि नविकरण रोकिएको थियो । बेदकोट नगरपालिकाले क्याम्पस नविकरण गरि दिएको हो । यस अघि बेदकोटका मेयर भोजराज बोहराले गत वर्ष क्याम्पस सञ्चालन गर्न वडा नं. ३ का वडा अध्यक्ष मोहन गुर्धामीको नेतृत्वमा कार्यदल बनाएको थियो ।

क्याम्पसलाई साविक घटाल माध्यमिक विद्यालयमा सञ्चालन गर्ने कि नयाँ ठाउँ स्थानान्तरण गर्ने विवाद भएपछि गत क्याम्पस सञ्चालन रोकिएको थियो । यस वर्ष साविक घटाल माविको प्राङ्गणमा क्याम्पस सञ्चालन गर्ने गरी नयाँ भर्ना खोलिएको हो ।

‘असोज महिनाभरि भर्ना कार्यक्रम छ, अहिले भर्ना अभियानका क्रममा छौ, क्याम्पसको छुट्टै आफ्नै भवन छ, दक्ष जनशक्ति छ’ उनले भने,‘स्थानीय सरकार, स्थानीय वासिन्दा सबैको साथ सहयोग पाउनेमा आशावादी छौ ।’

Himal dental
सम्बन्धित
Loading...