
–डिल्लीराज पन्त
महेन्द्रनगर । भीमदत्त नगरपालिका–१६ स्थित मझगाउँ विमानस्थलको निर्माणले गति लिन सकेको छैन । तीन वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको विमानस्थलको हालसम्म २५ प्रतिशतमात्र काम सम्पन्न भएको छ ।
जग्गाको भोगाधिकार विवाद र निर्माण सामाग्रीको अभावका कारण विमानस्थल निर्माणले गति लिन सकेको छैन । तर निर्माण कम्पनीले भने वाधा अवरोध नभए तोकिएको समयमा विमानस्थल निर्माण कार्य सम्पन्न गर्ने दावी गरेको छ ।
लामो समयदेखि बन्द रहेकोे विमानस्थल पुनः निर्माण गरी सञ्चालनमा ल्याउने भन्दै २०७८ सालमा तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले े मझगाउँ विमानस्थल स्तरोन्नति शिलान्यास गरेका थिए । शिलान्यास भएसंगै धमाधम निर्माण कार्य अघि बढिरहेकै बेला अचानक सेनासंगको जग्गा विवाद देखिएपछि निर्माण कार्य रोकिएको थियो ।
पहिले विमानस्थलको पश्चिम तिर नेपालि सेनाको रुद्रध्वज गण संगको जग्गा विवाद र रत्न वाटिकाको जग्गाको भोगाधिकारका विषयमा विवाद हुँदा केही समय काम रोकिएको भए पनि अहिले सहमति भैसकेको बताउँदै आइतबारदेखि निरन्तर निर्माण कार्य जारी रहने मझगाउँ विमानस्थल आयोजनाका इन्जिनियर अङ्कित शर्माले बताए ।
आयोजनाका अनुसार अहिलेसम्म विमानस्थलको धावन मार्गको नौ सय मिटर सव बेस निर्माण भएको छ । यस्तै नौ सय मिटर नाली निर्माणको काम पनि सकिएको छ ।
स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको संयुक्त लगानीमा विमानस्थल पुनःनिर्माण भइरहेको हो । विमानस्थल पुनःनिर्माणमा भीमदत्त नगरपालिकाको १५ प्रतिशत, दोधारा–चाँदनीको १० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारको २५ प्रतिशत तथा संघ सरकारको ५० प्रतिशत लगानी छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको रत्न वाटिका र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाले भोगचलन गरिरहेको जमिनको भोगाधिकार लिने विषयमा विवाद भएको थियो । उक्त क्षेत्रमा धावनमार्ग निर्माणका क्रममा निर्माण कम्पनीका उपकरण र कामदार निकुञ्जले नियन्त्रणमा पनि लिएको थियो ।
काम सञ्चालन गर्न दिने मौखिक सहमति तथा भोगाधिकारका लागि प्रक्रिया अगाडि बढाउने भएपछि उक्त क्षेत्रमा धावनमार्ग निर्माणको सुचारु भईसकेको र कुनै वाधा अवरोध नभए ठेक्का सम्झौता अवधिमै निर्माण कार्य सम्पन्न हुने ठेकेदार कम्पनीका ईन्जिनियर जितेन्द्र यादवले बताए ।
२०७८ मा तीन वर्षभित्र काम सक्ने गरी कान्छाराम–केएस–उमा एन्ड कम्पनीसँग ४५ करोड ६६ लाख २४ हजारमा ठेक्का सम्झौता भएको थियो ।
मझगाउँ विमानस्थल पुनःसञ्चालन समिति संयोजक रमेश चन्दले विमानस्थल सञ्चालनमा आए संगै सरकारले सुदूरपश्चिममा पर्ने कञ्चनपुरलाई त्रिदेशिय नाकाका रुपमा विकास गर्ने याजना, सुख्खा वन्दरगाह निर्माण प्रक्रियामा गईरहेका कारण आर्थिक गतिविधि बढ्ने र पर्यटन विकासको ढोका खुलेर आर्थिक पाटोले सुदुरपश्चिम मात्रै नभई मुलुककै काया पलट हुने सम्भावना उच्व रहेको बताए ।
उनले कञ्चनपुर जिल्ला सुदूरपश्चिमका नौ जिल्लामध्ये सबैभन्दा बढी पर्यटकीय सम्भावना रहेकाले विमानस्थल बन्न आवश्यक रहेको समेत बताए ।
मझागाउँ विमानस्थलमा अहिले एक हजार पाँच सय २५ मिटर लामो धावनमार्ग निर्माण गरिनेछ । विसं २०३० देखि मझगाउँ विमानस्थलमा हवाई सेवा सुरु भएको थियो । सशस्त्र द्वन्द्वका बेला विसं २०५६ मा सुरक्षाको कारण देखाउँदै विमानस्थल बन्द गरिएको थियो ।
विमानस्थल बन्द भई दिदा सुदुरपश्चिम प्रदेश आर्थिक हिसावले पछि परेको छ । विदेशी पर्यटकहरुलाई सुविधा र सौंन्दर्यताले आकर्षण गर्न सकिने भएकाले यस क्षेत्रको आर्थिक तथा पर्यटन प्रवद्र्धनका तथा जिवनशैलि परिवर्तनका लागी विमानस्थल संचालनले महत्वपुर्ण भुमिका खेल्ने भिमदत्तनगर १३ का वडा अध्यक्ष रामचन्द्र बोहरा बताउँछन् ।
कञ्चनपुरमा विमानस्थल सञ्चालनमा नआउँदा हवाई सेवाका लागि भारत वाट प्रवेश गर्ने पर्यटक तथा विदेसि नागरिक संगै यहाँका स्थानीय कैलालीको धनगढी जाने गर्दछन् ।
कञ्चनपुरकै दोधारा– चाँदनी नगरपालिकामा प्रस्तावित सुख्खा बन्दरगाह, दैजि औधोगिक क्षेत्र तथा महाकाली नदिमा पुल बनै संगै यो नाका लाई त्रिदेशिय नाका मा विस्तार गरी देशकै ठुलो औधोगिक क्षेत्र बन्ने सम्भावना रहेको स्थानीय बताउँछन् ।
