

महेन्द्रनगर । द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्रले पत्रकार कञ्चनपुरका पत्रकार पहिलाद रानालाई सम्मान गरेको छ । केन्द्रको १६ औँ बार्षिकोत्सव तथा वार्षिक साधारण सभामा पत्रकार रानालाई महिला, बालबालिका एव द्वन्द्व पीडितका क्षेत्रमा सञ्चार माध्यमबाट निर्वाह गरेको भूमिकाको कदर गर्र्दै सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि गैसस महासंघ कञ्चनपुरका अध्यक्ष लक्ष्मी बोहरा र केन्द्रका केन्द्रका अध्यक्ष बोहराले पत्रकार रानालाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरका सह सचिव राना नयाँ जनक्रान्ति दैनिक र कञ्चनपुर पोष्टमा कार्यरत छन् ।
कार्यक्रममा भीमदत्त नगरपालिका वन वातावरण तथा विपद् शाखा प्रमुख मनोज प्रशाद भट्ट, प्रहरी निरीक्षक बिनु शाही, नेपाल पूर्व प्रहरी बेदकोट नगरका अध्यक्ष लक्ष्मीदत्त पन्त, एकल महिला राधा पन्त सहितलाई सम्मान गरिएको छ ।

