ghar sansar

दोधारा चाँदनीमा मेयरले सहमति कार्यान्वयन गर्न आनाकानी गरेको भन्दै विपक्षी दलको हस्ताक्षर संकलन गर्ने तयारी

Amity

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर लिम्बुले नगर सभा सञ्चालनका लागि गरेको सहमति कार्यान्वयन नगरेको भन्दै विपक्षी दलले पुनः सभा सञ्चालनको माग गर्दै हस्ताक्षर संकलन गर्ने तयारी थालेका छन् ।

दोधारा चाँदनीको नगर सभामा प्रतिनिधित्व गर्ने एमाले बाहेक नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले हस्ताक्षर संकलन गर्न लागेका हुन् । तीन दलले केही दिन अघि मेयर लिम्बुलाई कार्यपालिका बैठकमा सहमति कार्यान्वयन गराउन दबाव दिएका थिए । तीन दलका दबावपछि तीन घण्टासम्म बसेको कार्यपालिका बैठक एजेण्डा प्रवेश नगरी स्थगित गरिएको थियो ।

lotus institite

दोधारा चाँदनी नगरपालिका ४ का वडा अध्यक्ष एवम् नेकपा माओवादी केन्द्रका नेता भक्त बहादुर सुनारले नगर सञ्चालनका लागि गरिएको सहमति कार्यान्वयनमा मेयर लिम्बुले चासो नदेखाएले पुनः नगर सभाका लागि हस्ताक्षर संकलन गर्ने तयारी गरिएको बताए ।

‘नगर सभा सञ्चालनका लागि मेयर सापसित केही सम्झौता गरिएका छन्, ती नगर सभाबाट पारित नै गरिएका छन्, अहिले ती सम्झौता कार्यान्वयन गर्न वहाँ वास्ता गर्नु भएको छैन’ उनले भने,‘ती सम्झौता कार्यान्वयन नभए हामीले पुनः नगर सभा सञ्चालनका लागि हस्ताक्षर संकलन गरि रहेका छौ ।’

वडा अध्यक्ष सुनारले सहमति कार्यान्वयनका लागि कार्यपालिका बैठकबाट दबाव दिइएको र त्यसमा पनि सहमति नभएकाले हस्ताक्षर संकलन गर्नु पर्ने अवस्था आएको बताए ।

विपक्षी दलले मेयर लिम्बुलाई विभिन्न माग राखेर कार्यपालिका बैठकमा अनुपस्थित भएपछि असार १० गते नगर सभा बस्न नसक्ने अवस्था आएको थियो । त्यसपछि नगर सभामा सहभागी सबै दलबीच छलफल भएर राति नगर सभा सञ्चालन गरी वार्षिक नीति, कार्यक्रम र बजेट पारित गरिएको थियो ।

विपक्षी दलले नगर एक प्रवक्ताको कार्यकाल एक वर्षको हुनु पर्ने, खेलकूद समितिमा सबैको प्रतिनिधित्व हुनु पर्ने, केही समितिको नेतृत्व फेरिनु र प्रस्तावित नगर अस्पतालको खाता नगरपालिका कार्यालय मातहत ल्याउनु पर्ने लगायतका माग राखेका थिए ।

दोधारा चाँदनी ४ का वडा अध्यक्ष सुनारले मेयरले सबै माग पूरा गर्ने आश्वासन दिएर नगर सभामा सहमति गरे पनि कार्यान्वयन गर्न आनाकानी गरेको बताए । ‘आफैंले भनेको सहमति त कार्यान्वयन गर्नु पर्छ, त्यो पनि गरि राख्नु भएको छैन’ उनले भने ।

मेयर लिम्बुले सहमति कार्यान्वयन नगरेसम्म कार्यपालिका बैठक बस्न नदिने उनले बताए ।

गत असारमा नगर सभापछि बसेको पहिलो कार्यपालिका बैठकमा सत्ता पक्ष एमाले र प्रतिपक्षी दलका कार्यपालिका सदस्यबीच विवाद भएको थियो । बैठकमा सहभागीका अनुसार दुबै पक्षबीच झण्डै हातहालको अवस्था आएको थियो ।

Himal dental
सम्बन्धित
Loading...