ghar sansar

पत्रकारलाई हत्केडी लगाउने प्रहरी निरीक्षकलाई सम्मान

Amity

महेन्द्रनगर । गैर सरकारी संस्था द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्रले पत्रकार ऐश्वर्या कुँबरलाई दुव्र्यवहार गर्दै पक्राउ गरेपछि कारवाहीमा परेकी प्रहरी निरीक्षक विनु शाहीलाई सम्मान गरेको छ ।

केन्द्रको १६ औँ बार्षिकोत्सव तथा वार्षिक साधारण सभामा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक शाहीलाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि गैर सरकारी संस्था महासंघ कञ्चनपुरका अध्यक्ष लक्ष्मी बोहराले प्रहरी निरीक्षक शाहीलाई सम्मान प्रदान गरिन् ।

lotus institite

गत जेठमा सुकासालमा समाचार संकलनका क्रममा प्रहरी निरीक्षक शाहीले पत्रकार कुँबरमाथि दुव्र्यवहार गरी हत्केडी लगाएर पक्राउ गरेपछि उनलाई जिल्ला प्रहरी कार्यालयले विभागीय कारवाही स्वरुप सचेत गराएको थियो ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरले प्रहरी निरीक्षक शाही सहित सीता राम विष्ट लगायतका कारवाहीको माग गर्दै आन्दोलन गर्ने चेतावनी दिएको थियो ।

भारतबाट समान केयरिङ्ग गर्ने महिलासित प्रहरीको झडप भएपछि भिडियो खिचि रहेको अवस्थामा शाही सहित उनी नेतृत्वको टोलीले पत्रकार कुँबरमाथि दुव्र्यवहार गर्दै कुटपिट गर्दै पक्राउ गरेको थियो ।

त्यस अघि झडपको समाचार संकलनका क्रममा अर्का पत्रकार राजेन्द्र नाथलाई प्रहरी निरीक्षक विष्ट नेतृत्वको अर्को टोलीले दुव्र्यवहार गर्दै पक्राउ गरेको थियो । प्रहरी निरीक्षक विष्ट डोटी सरुवा भई सकेका छन् । उनी जिमुवा घट्ना मुछिएपछि अनुसन्धानका लागि समिति गठन गरिएको थियो ।

प्रहरी निरीक्षक शाही सहित भीमदत्त नगरपालिका वन वातावरण तथा विपद् शाखा प्रमुख मनोज प्रशाद भट्ट, पत्रकार पहिलाद राना र नेपाल पूर्व प्रहरी बेदकोट नगरका अध्यक्ष लक्ष्मीदत्त पन्त, एकल महिला राधा पन्त सम्मान गरिएको
छ ।

Himal dental
सम्बन्धित
Loading...