
महेन्द्रनगर । ४४ औं विश्व पर्यटन दिवसका दिन पश्चिमी सीमा नाका भएर नेपाल आएका दुई विदेशी पर्यटकलाई सम्मान गरिएको छ । भीमदत्त नगरपालिका र होटेल व्यवसायी संघ कञ्चनपुरले इजरायली नागरिक सियाल र विभागलाई स्वागत सहित सम्मान गरेका छन् ।
भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी र प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले उनीहरुलाई फूलमाला र ढाका टोपी लगाएर सम्मान गरेका हुन् ।
पर्यटन दिवसमा बर्सेनी गड्डाचौकी नाका भएर नेपाल आउने पहिलो पर्यटकलाई सम्मान गर्ने गरिएको छ । सम्मान कार्यक्रम अघि विहान भाइरल रोडमा साइकल रेस प्रतियोगिता गरिएको छ ।
