ghar sansar

सत्तारुढ समाजवादीका विद्यार्थी नेताको मुद्दा फिर्ता लिने सहमतिपछि सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयको तालाबन्दी खुल्यो

Amity

महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय परीक्षा नियन्त्रक कार्यालयको तोडफोडमा संलग्न सत्तारुढ नेकपा एकीकृत समाजवादी सम्बद्ध अनेरास्ववियुका विद्यार्थी नेतामाथिग लगाइएको मुद्दा फिर्ता लिने लगायतका सहमतिपछि विश्वविद्याल केन्द्रीय कार्यालयको तालाबन्दी खोलिएको छ ।

सुदूरपश्चिम विश्वविद्यालय प्रशासन र समाजवादी विद्यार्थी संगठनबीच बिहीबार सहमति भएपछि एक महिना अघि गरिएको तालाबन्दी खोलिएको हो ।

lotus institite

विश्वविद्यालयको विभागीय प्रमुख र क्याम्पस प्रमुख नियुक्ति निर्णय खारेजी र परीक्षा नियन्त्रण कार्यालयको पदाधिकारीमाथि कारवाही लगायत माग हुनु पर्ने माग गर्दै केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको थियो । त्यस अघि हुबहु प्रश्न पत्र बाहिरिएपछि अखिलले पदाधिकारीलाई कारवाहीको माग राख्दै परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी गरेको थियो ।

परीक्षा नियन्त्रण कार्यालयको तालाबन्दी विद्यार्थीहरुको समूहले तोडेपछि अखिलले कार्यालयमा तोडफोड गरेको थियो । त्यस विरुद्ध परीक्षा नियन्त्रक कार्यालयले समाजवादी अखिलका जिल्ला इन्चार्ज रमेश पन्त सहितका नेता विरुद्ध प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको थियो ।

विश्वविद्यालय प्रशसानका अनुसार आगामी दिामा शिक्षकको नियुक्ति विश्वविद्यालयको ऐन नियम बमोजिम गर्ने, विश्वविद्यालयको ऐन बमोजिम समायोजन गर्ने र गत भदौमा परीक्षा नियन्त्रक कार्यालयमा भएको तोडफोडपछि अनेरास्ववियूका नेतालाई लगाएको मुद्दा फिर्ता लिने सहमति भएको छ ।

केन्द्रिय कार्यालयमा साउन १ गते नेकपा एमाले निकट अनेरास्ववियू र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रीक विद्यार्थी संगठनसँग सहमति भएपछि उनीहरुले ताला यस अघिनै खोलेका थिए। तर नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठनको भने ताला खुल्न सकेको थिएन ।

Himal dental
सम्बन्धित
Loading...