महेन्द्रनगर । बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका अहेव नरेन्द गैरेलाई विरामीको उपचारको उपचारका क्रममा हातपात गरेको आरोपमा पक्राउ गरिएका राम बहादुर खड्का दुई लाख धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालत कञ्चनपुरले कार्यस्थलमा स्वास्थ्यकर्मीमाथि वाधा अवरोध पुगाएको अभियोगमा अदालतम दायर मुद्दाको थुनछेक बहसमा दुई लाख धरौटी मागेको थियो । अदालतले मागेको धरौटी बुझाएर खड्का रिहा भएका छन् ।
काँग्रेस सम्बद्ध तरुण दलका नेता खड्काले मध्यराति स्वास्थ्य केन्द्रभित्र पसेर विरामीको उपचार गरि रहेका समयमा गैरेलाई गालीगलौज गर्दै हातपात गरेका थिए ।
काँग्रेसको क्षेत्रीय समितिले खड्काले नभई स्वास्थ्यकर्मी गैरेले उनीमाथि दुव्र्यवहार गरेको विज्ञप्ति निकाले बचाउ गरेको थियो । काँग्रेसले घट्नालाई राजनीतिकरण गरिएको भन्दै समिति गठन गरी छानबिनको माग अघि सारेको थियो ।
स्वास्थ्यकर्मी गैरले आपूmमाथि हातपात भएपछि खड्का सहितलाई कारावहीका लागि सुरुमा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए । स्वास्थ्यकर्मीमाथि कार्यस्थलमा बाधा अवरोध सम्बन्धि कानुन आकर्षित हुने भएपछि स्वास्थ्यकर्मी सम्बन्धि ऐनमा अनुसन्धान गरी मुद्दा दर्ता गरिएको थियो ।
स्वास्थ्यकर्मीले आन्दोलन घोषणा गरेपछि खड्कालाई पक्राउ गरी अनुसन्धान थालिएको थियो । एक सातासम्म प्रहरी हिरासतमा राखेर उनीमाथि अनुसन्धान गरिएको हो ।
बेलौरी नगरपालिका–५ मैनाहाका बाबुराम चौधरीको उपचारका क्रममा खड्का सहित केही व्यक्ति प्रवेश गरेका थिए । चौधरीको उपचार उपचार गर्ने क्रममा अहेव गैरेमाथि गाली गलौज गर्दै घाँटी च्यापेर धकेलिएको थियो ।