बेदकोटले ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्दै मनायो अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, अढाई सय बढीको स्वास्थ्य जाँच
महेन्द्रनगर । बेदकोट नगरपालिकाले ३३ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारी नाक, कान, घाँटी सम्बन्धि स्वास्थ्य शिविर आयोजना गरेको छ ।
नगरपालिका मातहतका सुडा स्वास्थ्य चौकी र दैजी स्वास्थ्य चौकीमा गरिएको स्वास्थ्य शिविरमा २ सय ५० बढी ज्येष्ठ नागरिकले सेवा पाएका छन् ।
बेदकोट नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रंमुख राधिका पन्तले शिविरमा अढाई सय बढी ज्येष्ठ नागरिकलाई महाकाली प्रादेशिक अस्पतालका चिकित्सक निधी पाठक र रोहित भट्टले स्वास्थ्य जाँच गरी सेवा दिएको बताइन् ।
शिवरिमा जाँच गरिएका सबैलाई औषधि पनि वितरण गरिएको छ । दैजी स्वास्थ्य चौकीमा मेयर भोजराज बोहरा र सुडामा उप मेयर तुलसी जोशीले शिविर उद्घाटन गरेका थिए ।