
महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ गोबरैयास्थित निङ्गलाशैनी माध्यमिक विद्यालय शिक्षक घनश्याम भट्टले राष्ट्रिय शिक्षा पुरस्कार २०८० पाएका छन् ।
विद्यालयका सहायक प्रधानाध्यापक भट्ट ३५ वर्षदेखि शिक्षण पेशामा आवद्ध छन् । उनी विद्यालयमा माध्यमिक द्वितीय श्रेणीका शिक्षक हुन् ।
विद्यालयका प्रधानाध्यापक भवानी प्रसाद पन्तले शिक्षक भट्टले पुरस्कार पाएर शैक्षिक क्षेत्रमा पुगाएको योगदानको कदर भएको बताए ।
