Sarsoti

दोधारा चाँदनीबाट क्रिकेट प्रतियोगिताका लागि बजेट लगिएको भनेर दुष्प्रचार गरिएको भन्दै सुदूर मिडिया प्रालिको आपत्ति

lotus institute

महेन्द्रनगर । सुदूर मिडियालाई डे नाइट क्रिकेटका लागि दोधारा चाँदनी नगरपालिकाले साढे चार लाख बजेट लगेको भन्दै विभिन्न सञ्चार माध्यममा सार्वजनिक समाचारप्रति आपत्ति जनाएको छ ।

मिडिया प्रा.लि.ले बिहीबार सार्वजनिक समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै संस्थालाई बदनाम गर्न तथ्यहिन र भ्रामक प्रचार गरिएकोमा आपत्ति जनाइएको छ ।

morning glory
Mahendranagar

‘प्रालिको नाम जोडेर सामाजिक सञ्जालमा केही व्यक्तिले ’सुदूर मिडियाले डे नाइट क्रिकेटका लागि साढे चार लाख लागेको’ भनेर भ्रम छर्ने काम भएकाले यस्तो तथ्यहिन, भ्रामक र बदनाम गर्ने उद्देश्यले आएको कुरामा हाम्रो गम्भीर आपत्ति छ । प्रस्तावना पेश गरेको विषयलाई केही व्यक्तिले आफ्नो रोजीरोटी सकिएको जसरी अतिरञ्जित गरेकोले यस्ता भ्रमपूर्ण कुरामा विश्वास नगर्न आग्रह छ’ प्रा.लि.का सञ्चालक सुरेश भट्टले प्रकाशित विज्ञप्तिमा भनिएको छ ।

प्रालिले ‘खेलकूद क्षेत्रलाई उकास्नुका साथै बढ्दो लागू औषध न्यूनीकरणका लागि सुदूर मिडिया प्रालिले गत वर्ष देखि दोधारा चाँदनीमा डे नाइट क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको उल्लेख गरिएको छ ।

प्रा.लि.को प्रबन्धपत्रमा उल्लेख भए बमोजिम नै खेलकुद प्रतियोगिता गर्न पाउने यस वर्ष पनि प्रतियोगिता आयोजनाको तयारीमा रहेको उल्लेख गरिएको छ ।

‘ यस कार्यक्रम सञ्चालन गर्न हामिले विभिन्न संघ संस्था , सरकारी कार्यालय र र व्यवसायी संग साझेदारीमा क्रेकेट आयोजना गर्न प्रस्तावना निवेदन पेश गरेका छौ । बजेट प्रस्तावना स्वीकृत भए÷नभएको आधिकारिक जानकारी अहिलेसम्म हामीलाई प्राप्त भएको छैन’ विज्ञप्तिमा भनिएको छ ।

 

saark school
सम्बन्धित
Loading...