
महेन्द्रनगर । दोधारा चादनीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का गम्भीर घाइते भएका छन् ।
शुक्रबार राति वडा नम्बर–६ मा म १ प २४६८ नम्बर र से २ प १४५२ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परेर सोही ठाँउ बस्ने २५ वर्षीय चालक गोपाल सुनारको घटनास्थलमै मृत्यु भएको छ । अर्का चालक २० वर्षीय भिम बहादु थापा गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि भारत लगिएको छ ।
