ghar sansar

इजरायलमा सुदूरपश्चिम विश्वविद्यालयका १२ विद्यार्थी सम्पर्क विहीन

महेन्द्रनगर । सुदूरपश्चिमबाट अध्ययनका लागि इजरायल गएका ४९ विद्यार्थीमध्ये १२ जनाको अवस्था अज्ञात छ । परराष्ट्रमन्त्री एनपी साउदले इजराइलमा रहेका नेपालीको अवस्थाबारे संसद्लाई आइतबार जानकारी गराउँदै ४९ मध्ये १२ जनाको अवस्था अझै अज्ञात रहेको बताएका हुन् ।

उनका अनुसार इजराइलको दक्षिणी क्षेत्रमा १७ जना नेपाली रहेकोमा दुई जना सकुल रहेको तथा तीन जना घाइतेको उपचार भइरहेको छ ।

सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जना विद्यार्थीमध्ये १७ जना दक्षिणी इजराइलमा अध्ययन गरिरहेका थिए । तीनै १७ जनामध्ये दुई जना सकुशल, तीन जना घाइते तथा बाँकी १२ जनाको अवस्था अज्ञात रहेको मन्त्री साउदले बताए ।

दक्षिणी इजराइलमा भएको आक्रमणको जानकारी आएलगत्तै परराष्ट्र मन्त्रालयले इजराइलस्थित नेपाली राजदूतावासलाई आवश्यक उद्धार, सहजीकरण र समन्वय र त्यहाँ रहेका नेपालीका वस्तुस्थितिबारे यकिन जानकारी लिन निर्देशन समेत दिएका छन् ।

गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयका ४९ जना विद्यार्थीमध्ये १२ जना सम्पर्कविहिन भएका हुन्। जसमध्ये ११ जना छात्रा छन् । सम्पर्क विहिन विद्यार्थीहरु ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि इजरायल गएका थिए। ३२ जना कृषि विद्याथीहरु भने विभिन्न कृषि फार्ममा रहेको बंकरमा सुरक्षित छन् ।

सेदोत नेगेभ कृषि तालिम केन्द्रमा अध्ययन गर्न पुगेका ४९ जना विद्यार्थीलाई ६ वटा समूहमा विभाजन गरी अलग–अलग कृषि फार्ममा कार्यरत छन् । त्यसमध्ये सबैभन्दा उच्च जोखिममा १७ जना विद्यार्थी परेका हुन् ।

सुदूरपश्चिम विश्वविद्यालयबाट बिएस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न विद्यार्थी इजरायल गएका थिए ।

Himal dental
सम्बन्धित
Loading...