ghar sansar

महेन्द्रनगरका चार मसाज सेन्टरमा प्रहरीको छापा, सञ्चालक सहित कामदार र ग्राहक पक्राउ

little buddha academy
khasi

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका विभिन्न स्थानमा सञ्चालित चार मसाज(स्पा)सेन्टरमा छापा हानेर सञ्चालक , कामदार र ग्राहकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी पुष्कर राज पन्तले चार मसाज सेन्टरमा छापा मारेको बताए । उनका अनुसार भीनपा ४ महेन्द्रनगरको ग्ल्यामर, भीनपा ५ बनखेतको ग्ल्यामर, बनखेतकै कोहिनुर, भीनपा ६ ऐठपुरको डाईमण्ड स्पामा छापा हानिएको छ ।

,orning glory badhai

प्रहरी निरीक्षक पन्तका अनुसार रामसिह विष्ट सञ्चालक रहेको बनखेतको ग्ल्यामर स्पाबाट म्यानेजर महेश पाल, नरेन्द्र शाह सञ्चालक रहेको कोहिनुर स्पाबाट म्यानजेर दया भट्ट सहित सहित ७ महिला, ८ पुरुषलाई पक्राउ गरिएको बताए । स्पाबाट पक्राउ परेका महिला कामदार हुने भने पुरुष ग्राहक हुन । ६ भारतीय पुरुष छन ।

dirghayi clinic

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी कमल थापाले स्पा सेन्टरमा अनैतिक गतिविविध भईरहेको गुनासो आईरहेको बताए ।

यौनजन्य हर्कत भईरहेको गुनासो आएपछि प्रहरीले केही स्पाहरुमा छापा हानेको बताए । ‘समाजलाई अपाच्य हुने हर्कत देखिए, ‘एसपी थापाले भने, ‘अब उहाँहरुमाथि कानुनी प्रकृयादेखि थप विषयमा छानबिन गछौँ ।’

नितान्त व्यवसायिक ढङगले समाजलाई पाच्य हुने काम भन्दा पृथक काम गरेको पाईएको एसपी थापाले बताए ।

पक्राउ परेका कामदार, ग्राहक तथा सञ्चालकमाथि आवश्यक थप अनुसन्धान गरेर कानुनी कार्बाही गरिने एसपी थापाले बताए ।

Himal dental
सम्बन्धित
Loading...