
महेन्द्रनगर । शिक्षक संगठनहरुले स्थानीय तहका कर्मचारीको आन्दोलनलाई समर्थन गर्दैैै ऐक्यवद्धता जनाएका छन् ।
चार शिक्षक संगठनको भीमदत्त नगर समितिले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी स्थानीय तहका कर्मचारीका माग पूरा गर्न सरकारसित माग गरेका छन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष सोमराज जोशी, नेपाल शिक्षक संघका नगर अध्यक्ष धर्मानन्द जोशी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका नगर अध्यक्ष नवराज जोशी र अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष गोपालदत्त जोशीले संयुक्त विज्ञप्ति सार्वजनिक गरेका छन् ।
शिक्षक संगठनले कर्मचारी आन्दोलनमा भएको प्रहरी धरपकडको विरोध गर्दैै आन्दोलनमा विचलित नहुन आन्दोलित कर्मचारीसित आग्रह गरेका छन् ।
