ghar sansar

भन्सार छलीका समान सहित प्रहरीले फेरि समात्यो दुई जना, भन्सार पठाइयो

dirghayu ad

महेन्द्रनगर । प्रहरीले भन्सार छलीका सामान सहित दुई जना शुक्रबार पक्राउ परेका छन्। महेन्द्रनगर बजारको गल्ली नं. सुशिलकुमार देवल र वडा नं. १८ का राजेन्द्र देवल भन्सार छलीका सामान सहित पक्राउ परेका हुन् ।

दुबै जनाले घरमा सञ्चालन गरेका पसल र गोदाममा भारतबाट भन्सार छली ल्याएका करिब १० लाख ८२ हजार ९ सय ४२ रुपैँया बराबरका खाद्यान्न सामग्री, जुत्ता चप्पल र गहुँ सहितको ट्रक फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी, प्रहरी प्रवक्ता प्रकाश डाँगीले बताए ।

ratnam malkhad

प्रवक्ता डाँगीका अनुसार बरामद गरेको समान सहित दुबै जनालाई कारबाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको छ ।

Himal dental
सम्बन्धित
Loading...