ghar sansar

रौटेलामा प्याब्सनको शुभ कामना आदानप्रदान कार्यक्रम, वृद्धाश्रममा फलफूल र मिठाई वितरण

little buddha academy
khasi

महेन्द्रनगर । प्याब्सन कञ्चनपुरले रौटेलास्थित बैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्रका ज्येष्ठ नागरिकलाई फलफूल र मिठाई वितरण गरेको छ । प्याब्सनले दशैं तिहार र छठ पर्वको अवसर पारी बुधबार रौटेलामा गरेको शुभ कामना आदानप्रदान कार्यक्रममा वृद्धाश्रमका सबैलाई फलफूल र मिठाई बाँडिएको छ ।

प्याब्सनका अध्यक्ष अमराज भट्टको अध्यक्षतामा शुभ कामना आदान प्रदान कार्यक्रम गरिएको छ । कार्यक्रममा प्याब्सनका पूर्व केन्द्रीय उपाध्यक्ष दिकपराज चालिसे, पूर्व केन्द्रीय सदस्यद्वय रुद्रराज पनेरु र वसन्तराज पाण्डेय, कार्यक्रम संयोजक एबम्प्या ब्सन जिल्ला उपाध्यक्ष महादेब भट्ट, सचिव राकेश बहादुर चन्द, एन प्याब्सन कञ्चनपुरका अध्यक्ष झंकरराज जोशी, भीमदत्त नगरपालिका पूर्व वडा अध्यक्ष शंकर कुँबर,प्याब्सन भीमदत्त नगर अध्यक्ष गौरी दत्त भट्ट, बेलौरी नगर अध्यक्ष बसन्त नेपाली, बेदकोट नगर अध्यक्ष देवराज जोशी, बेलडाडी फोकल पर्सन सोमनाथ राना, कृष्णपुर फोकल पर्सन गोपाल बोहरा लगायतका सहभागी भएका छन् ।

,orning glory badhai
dirghayi clinic

कार्यक्रममा प्याब्सन अध्यक्ष भट्ट सहित पूर्व केन्द्रीय उपाध्यक्ष चालिसे, केन्द्रीय सदस्यद्वय पनेरु र पाण्डेय लगायतले फलफूल र मिठाई वितरण गरे । 

कार्यक्रममा प्याब्सन अध्यक्ष भट्टले दशैं तिहार र छठको शुभ कामना दिँदै प्याब्सनले सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोग गर्दै आएको बताए ।

Himal dental
सम्बन्धित
Loading...