८६ सदस्यीय बन्यो नेपाल विद्यार्थी संघ कञ्चनपुरको जिल्ला समिति

lotus institute

महेन्द्रनगर । नेपाल विद्यार्थी संघ कञ्चनपुरका अध्यक्ष रमेश चटौतले संघको जिल्ला समिति विस्तार गरेका छन् । जिल्ला अध्यक्ष चटौतले संघको जिल्ला कार्य समितिमा उपाध्यक्ष सहित १२ पदाधिकारी र सदस्य मनोनित गरेका छन् । पदाधिकारी र सदस्य मनोनयनपछि संघको जिल्ला समिति ८६ सदस्यीय भएको छ ।

नेविसंघको जिल्ला उपाध्यक्षमा किशोर खाती, सहदेब भट्ट र रमेश तमौलीले जिम्मेवारी पाएका छन् । उपेन्द्र बहादुर बम, दिनेश भट्ट र गोकर्ण महरा सचिव भएका छन् ।

morning glory
Mahendranagar

तुलसी जोशी नेविसंघको कोषाध्यक्ष भएकी छन् । संघका ६ सह सचिवमा डम्बर सिह ऐडी, सुभाष मडै, रमेश बोहरा, उर्मिला धामी, केशव जोशी(कमल) र सुभाष नेगीलाई जिम्मेवारी दिइएको छ ।

संघको जिल्ला अध्यक्ष चटौतले संघको विधान २०२७ को सातौ संशोधन २०७५ अनुसार कार्य समितिलाई विस्तार गरिएको जानकारी दिए ।

कार्य समिति विस्तारको बोधार्थ नेपाली काँग्रेस कञ्चनपुर र नेपाल विद्यार्थी संघ केन्द्रीय समितिलाई दिइएको छ ।
संघको केन्द्रीय समितिले केही महिना अघि चटौतलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिएको थियो ।

saark school
सम्बन्धित
Loading...