ghar sansar

पूर्णागिरीको नवरात्रीले कञ्चनपुरमा चहलपहल

डिल्लीराज पन्त
महेन्द्रनगर । भारतको उत्तराखण्डमा रहेको शेरा बालीको नामले प्रचलित प्राचिन पूर्णागिरी मन्दिरमा लाग्ने नवरात्री धार्मिक मेलाका कारण कञ्चनपुर जिल्लामा चहलपहल बढेको छ । नवरात्रि मेला सुरु भएसंगै कञ्चनपुरको महेन्द्रनगर, ब्रम्हदेव, गड्डाचौकी तथा सिमावर्ति नेपाली बजारमा दर्शनार्थिको घुइचो बढेको छ भने व्यापारमा वृद्धि भएको छ ।

mantra hos123

पूर्णागिरी मन्दिरको दर्शन पछि शिद्धबाबा मन्दिरको समेत अनिवार्य दर्शन गर्नुपर्ने धार्मिक मान्यता र विश्वासका कारण दर्शनार्थिहरु महेन्द्रनगर र ब्रह्मदेवमा रहेको सिद्धबाबा मन्दिरमा दर्शन गर्न आउने हुंदा यस क्षेत्रमा निकै चहलपहल बढेको छ भने भारत तथा नेपालका दैनीक हजारौको संख्यामा दर्शनार्थिहरु आउने गर्दछन्।

विशेष गरी यो मेला प्रतेक वर्ष घटस्थापना देखि सुरु भएर पुर्णिमा सम्म चल्ने गर्दछ । पुर्णागिरी माता दर्शन गरे पश्चात नेपालमा रहेका प्राचिन शिद्धवावा मन्दिरहरुमा दर्शन गरेपछि मनोकामना पुरा हुने विश्वासका कारण आफुहरुको अनिवार्य शिद्धबाबा मन्दिरको दर्शन गर्न आउने धार्मिक मान्यता रहँदै आएको छ ।

दैनिकं हजारौ भारतीय तथा नेपाली तिर्थयात्रीहरुका कारण सिमावर्ति क्षेत्रमा चहलपहल निकै बढेको छ । पूर्णागिरी मेलाका कारण सदरमुकाम लगायत सिमावर्ती बजार, यातायात तथा यहांका होटेल व्यवसायमा अघि पछि भन्दा आर्थिक कारोबार दोब्बर बृद्धि हुने अपेक्षा स्थानिय व्यापारीहरुले गरेका छन् ।

शिद्धबाबा मन्दिर संरक्षण समितिका अनुसार यस धार्मिक मेलामा भारत उत्तर प्रदेश, उत्तराखण्ड तथा कञ्चनपुरको छिमेकी जिल्ला कैलाली डडेल्धुरा ,दाङ लगायत क्षेत्रबाट मेलामा दैनिक हजारौं तीर्थालु आउने गर्दछन् । उक्त मेलाका कारण दुई देशबीच धार्मिक पर्यटकको विकास र सम्वन्ध सुमधुर मात्र नभई कञ्चनपुरको व्यापार व्यवसायमा पनि निकै टेवा पुगेको देखिन्छ ।

भारतीय दर्शनार्थिहरुले नेपाली बजारबाट भेल्वेट कपडा, टर्चलाईट, बच्चाका खेलौना, ईलेक्ट्रोनिक सामानहरु लगायत नेपाली र चिनियां कम्पनिका सामानहरु लैजाने स्थानिय व्यापारी बताउंछन ।

यस धार्मिक मेलामा आउने तिर्थालु भक्तजनहरुका लागी स्थानिय प्रशासनले शौचालय, पिउने पानी, विश्रामस्थल लगायत का सुविधा दिन सके थप धार्मिक पर्यटनको विकास हुने र स्थानिय व्यापार व्यवसायमा समेत निकै टेवा पुग्ने उद्योगी व्यवसायी बताउँछन् ।

 

Himal dental
सम्बन्धित
Loading...