ghar sansar

यसरी नाचिन्छ थारु समुदायमा सखिया नाच (तस्बिरहरु सहित)

little buddha academy
khasi

डिल्लीराज पन्त
महेन्द्रनगर । वडादशैं र तिहारको चहलपहलसंगै कैलाली र कञ्चनपुरका थारु समुदायका वस्तीमा सखिया नाच सुरु भएको छ ।

नेपालीहरुको महान चाड विजया दशमी तथा दिपावलीको उपलक्ष्यमा विभिन्न गाउँमा थारु युवतीले सखिया नाच नाच्न थालेका छन् । यो नाच विशेष गरेर दसैँ, दीपावलीमा नाच्ने गरिन्छ । सखिया नाचको सिजन यहि बेला हो ।

,orning glory badhai

दसैँको अवसरमा सखिया नाच नाच्न सुरु भएसंगै थारु गाउँमा छुट्टै रौनक थपिएको छ । उसो त सखिया नाच थारुहरुको अटवारी पर्व देखि नै थारु गाँउहरुमा खेल्न सुरु हुने गरे पनि विशेष गरी भने नवमीको पूजा गरेसंगै धुमधामसंग सखिया नाच नाच्ने चलन रहेको छ ।

सुरुमा भलमन्साको घरमा र पछि गएर गाउँका अन्य व्यक्तिको घरमा गएर सखिया नृत्य गर्ने गरिन्छ । थारु समुदायमा दसैँदेखि तिहारसम्म भगवान श्रीकृष्ण र रामायणका गाथा गाउँदै निकै रमाइलो गरेर सखिया नाच नाच्ने गरिन्छ ।

सखिया नाचमा युवतीहरू परम्परागत पोशाक र गरगहना लगाएर सामूहिक रूपमा नाच्ने र पुरुषहरूले मादल बजाउने गर्छन भने नाचको सुरूआत गर्नु अघि गुरुवाको आदेश अनुसार पूजा हुने गरेको छ ।

अष्टमीका दिन थारुहरुको घर घरमा पुजाका लागि चाहिने सामाग्री तयार गर्ने र नवमीको दिन विशेष पूजा गरी बली दिने गरिन्छ । आफ्ना कुल देवताको पुजा संगै पितृहरुको मोक्षका लागि भन्दै थारु समुदायले आफ्ना पितृहरुको श्राद्ध गर्ने चलन रहेको थारु समुदायका महिलाहरु बताउँछन् ।

dirghayi clinic

सखिया नाच दसैंका बेला मात्रै होइन विभिन्न मेला महोत्सव तथा सास्कृतिक कार्यक्रममा समेत नाच्ने गर्दछन । नाचका बेला मादल बजाउनेलाई मदरिया र नाच्ने युवतीलाई सखिया भन्ने गरिन्छ ।

थारु समुदायमा थुप्रै खालका संस्कृति झल्कने मौलिक भेषभुषा रहेको दसैँ दीपावलीमा थारु बस्तीमा सखिया नाचको रोनकता झनै बढ्ने भएकाले रमाउन पाएको भन्दै थारु युवतीहरुले खुसी व्यक्त गरे पनि अहिलेका पछिल्लो समय युवा युवतीमा परम्परागत संस्कृतिलाई पछाडि छोड्दै आधुनिकतातर्फ जान लागेको बताउँदै थारु समुदायले चिन्ता व्यक्त गरेका छन् ।

सखिया नाच मादलको तालमा युवतीले तालमा ताल मिलाएर सामूहिक रुपमा नाच्ने नृत्य हो । दसैँ, दीपावलीमा यो नाच विशेष गरेर साँझपख नाच्ने गरिन्छ । थारु समुदायमा महिलाले महिला साथीलाई ‘सखी’ भन्ने गर्दछन् । सखी सखी अर्थात साथी–साथी मिलेर नाच्ने नाच भएकोले यसलाई सखिया नाच भनिएको हो ।

पहिले पहिले एक महिनासम्म नाचिने सखिया नाच अहिले भने करिव एक साता सम्म मात्रै गाउघरतिर नृत्य गरेको पाईन्छ ।

उसो त भाद्र महिनामा पर्ने कृष्ण जन्माष्टमीका दिन देखि नै यो नाचको सुरुवात हुने भनिएपनी पछिल्लो समय थारु समुदायमा पनी कार्य व्यस्तता र युवा पुस्ता आधुनिकतातिर जाँदा सखिया नाच छोट्टीदै गएको भएपनी आफ्नो मौलिक संस्कृति जगेर्ना होस भन्दै गाउ घर तिर सखिया नाचको आयोजना गर्ने गरेको स्थानिय बताउँछन ।

पछिल्लो समय युवा पुस्तामा सखिया नाचको मौलिकता झल्कीने खालका नृत्यहरु हराउदै गएको पाईन्छ । मौलीक, सास्कृतिक र सामरीक महत्व वोक्ने परम्परालाई जगेर्ना गर्न सरकारले समेत अल्पसंख्यक समुदायलाई थप उत्साह दिन पहल थाल्नुका साथै यस्ताखाले परम्परालाई युवा पुस्तामा हरुतान्तरण गर्नु थारु समुदायका अगुवाहरु बताउँछन् ।

      

Himal dental
सम्बन्धित
Loading...