महेन्द्रनगर । कान्छा देवरसँग विवाह गर्न भाउजुहरूबीच कुटाकुट भएको विवाद प्रहरीसम्म पुगेको घटना भारतको बिहारस्थित नालंदाबाट सार्वजनिक भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार घरकै २ भाउजुहरू कान्छा देवरसँग विवाह गर्न चाहन्थे । दुवै भाउजुहरूले देवरसँग आफूले विवाह गर्न पाउनुपर्ने भन्दै आपसमै कुटाकुट गरेका छन् ।
कान्छा देवर हरेन्द्र पासवानका २ दाइहरूकी श्रीमतीले विवाह सम्बन्धी विवाद गरेका हुन् । २ दाइमध्ये एक दाइको बिरामीका कारण मृत्यु भएको छ ।
दाइको मृत्यु भएर भाउजु विधवा भएका कारण गाउँले र भाउजुका माइती पक्षले देवरसँग विधवा भाउजुको विवाह गराइदिन चाहेका थिए तर अर्की भाउजुले पनि विवाह गर्न विवाद गरेपछि घटना प्रहरीसम्म पुगेको थियो ।
अर्की भाउजुले सम्पत्तिको लालचमा देवरसँग विवाह गर्न खोजेको बताइएको छ । भाउजुहरूबीच कुटाकुट भएको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो ।
स्थानीय थानाध्यक्ष गुलाम सरावरले स्थानीय र प्रहरीको सहयोगमा विधवा भाउजु र कान्छा देवरको विवाह गरिएको छ ।