ghar sansar

बैतडीमा किशोरी बलात्कार आरोपमा नाबालक पक्राउ

महेन्द्रनगर । बैतडीमा एक किशोरी बलात्कृत भएकी छन् । पञ्चेश्वर गाउँपालिकाकी १८ वर्षीया किशोरी बलात्कृत भएको प्रहरीले जानकारी दिएको छ ।

किशोरी बलात्कारको आरोपमा पञ्चेश्वरकै १७ वर्षीय नाबालक प्रकाउ परेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

पक्राउ परेका किशोरले किशोरीलाई असार २७ र भदौ २३ गते राति घरमै बोलाएर जबर्जस्ती करणी गरेको आरोप छ। पीडित किशोरी गर्भवती भएपछि बलात्कारको पोल खुलेको हो ।

पक्राउ परेका किशोरमाथि जवरजस्ती करणी मुद्दा दर्ता भएर जिल्ला अदालतबाट ५ दिनको म्याद थपिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...