

महेन्द्रनगर । बेलौरी नगरपालिका वडा नं. ४ ले वडाभित्रका ज्येष्ठ नागरिक तिर्थयात्रामा निस्किएका छन् । बेलौरी नगरपालिका – ४ ले आफ्ना वडा भित्रका ६८ देखि १०२ बर्षका ज्येष्ठ नागरिकलाई यस यस वर्ष ३० जना तिर्थ यात्राका लागि प्रस्थान गरेका छन् ।

ज्येष्ठ नागरिकहरुलाइ काठमाडौको पशुपतिनाथ मन्दिर, स्वयंम्भु नाथ लगायत चितवनमा रहेको देवघाट लगायतको दर्शन गराइने बेलौरी नगरपालिका –४ का वडाध्यक्ष अर्जुन ढकालले बताए ।

’बुढेसकालमा जेष्ठ नागरिकहरु लाई धर्मप्रति बढी उत्सुकता हुन्छ ’ वडा अध्यक्ष ढकाले भने ’ यो आर्थिक बर्षमा लक्षित वर्ग अन्तर्गत ज्येष्ठ नागरिकहरुका लागि बजेट छुट्टाइएको थियो,त्यसैबाट तिर्थयात्रा गराइएको हो ।’

