ghar sansar

खैरभट्टीमा महिला पतञ्जली योग समितिको निःशुल्क योग शिविर सुरु

महेन्द्रनगर । महिला पतञ्जली योग समिति कञ्चनपुरले भीमदत्त नगरपालका वडा न. १५ खैरभट्टीमा निःशुल्क योग शिविर सञ्चालन गरेको छ । विष्णु प्रसाद खरेलको अध्यक्षतामा गरिएको कार्यक्रममा भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र देवकोटा प्रमुख अतिथि थिए ।

कार्यक्रममा पतञ्जली योग समिति नेपालका केन्द्रिय सदस्य लबराज भट्ट, पतञ्जली योग समिति कञ्चनपुरका अध्यक्ष दयाकृण जोशी, पतञ्जलीका आजीवन सदस्य कमला सापकोटा, वडा न १५ र १८ का वडा सदस्य द्वय नर वहादुर भण्डारी, पदम वहादुर चन्द, वडा न. १५ का निवर्तमान अध्यक्ष भिम वहादुर शाहु, पतञ्जलीका नगर अध्यक्ष पवन पेनेरु लगायत सहभागी भएका छन् ।

mantra hos123

गाँउ–गाँउ, टोल–टोलमा योगको विस्तार गरी आम नागरिकलाई निरोगी बनाई सभ्य समाजको निर्माण गर्ने उद्देश्यका साथ शिविर सञ्चालन गरिएको हो । कमला सापकोटाले प्रशिक्षण गर्नु भएको उक्त कार्यक्रममा स्थानिय आम नागरिक वुद्धिजिवी, समाजसेवी, महिला लयायत ५० जना सहभागी भएको पतञ्जली योग समिति कञ्चनपुरका सह मिडिया प्रभारी हेमराज भट्टले जानकारी दिए ।

कार्यक्रम सञ्चालन महिला पतंजली योग समितिका उपाध्यक्ष भावना केसीले गरेकी थिइन् । कार्यक्रममा सह मिडिया प्रभारी हेमराज भट्टले स्वागत मन्तव्य राख्दै योग शिविर निरन्तर सञ्चालन जानकारी दिए ।

Himal dental
सम्बन्धित
Loading...