ghar sansar

बिपिन जोशीलाई हमासको बन्धनबाट मुक्त गर्न माग गर्दै परराष्ट्र मन्त्रीको गृह जिल्लामा रयाली

khasi

महेन्द्रनगर । हमासको नियन्त्रणमा रहेका भीमदत्त नगरपालिका ३ का विपिन जोशीलाई छाड्न माग गर्दै महेन्द्रनगरमा र्याली निकालिएको छ । विपिनका परिवारसँगै विद्यार्थी र अधिकारकर्मीले दबाब दिन रयाली निकालेका छन् । उनीहरुले रयालीपछि स्थानीय प्रशासन मार्फत परराष्ट्र मन्त्रालयलाई ज्ञापन बुझाएका छन् ।

एक महिनाअघि इजरायलमा हमासले आक्रमण गरी अपहरणमा परेका जोशीको रिहाइका लागि दबाबमुलक रुपमा रयाली निकालिएको हो । नेपाल सरकार, संयुक्त राष्ट्र संघ र मानव अधिकारवादी संघ संस्थाहरुले तत्काल जोशीको रिहाइका लागि पहल गर्नुपर्ने माग गरिएको छ ।

dirghayi clinic

‘प्रयास जारी छ मात्रै भन्छन्, तर छोरा कस्तो अवस्थामा छ, केही थाहा छैन,’ जोशीका बुवा महानन्दले भने, ‘आज पनि सीडीओसाबले त्यहि कुरा भने ।’ उनले तिहार अगावै छोराको उद्धार गरेर घर ल्याइदिन आग्रह गरेका छन् । ¥यालीमा जोशीका बुवासँगै आमा पदमा र बहिनी पुष्पा पनि सहभागी थिइन् ।

मदन चोकबाट सुरु गरिएको रयाली बजार परिक्रमा गरि जिल्ला प्रशासन कार्यालयमा पुगेर समापन गरिएको हो । प्रशासनमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पनि बुझाइएको छ । ज्ञापन पत्र बुझ्दै प्रजिअ गोपाल कुमार अधिकारीले विपिनको उद्धारका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताए ।

‘सरकारले सक्दो प्रयास गरिरहेको छ, तपाईंहरुको ज्ञापनपत्र पनि गृह र परराष्ट्र मन्त्रालयमा पठाइनेछ,’ प्रजिअ अर्यालले भने, ‘विपिनको अवस्थाबारे हामीले पनि नियमित रुपमा जानकारी लिने प्रयास गरिरहेका छौं ।’

Himal dental
सम्बन्धित
Loading...