ghar sansar

बडवाल टोलमा हात्तीले मच्चाए विध्वंश, वासिन्दाको बिचल्ली

Amity

पप्पु गुरुङ्ग
दोधारा । जंगली हात्तीको समूहले दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलका चम्फा राईको घर भत्काएपछि विचल्ली भएको छ ।

टिनको छाना लगाएर बनाएको घर भत्काएपछि अहिले उनको परिवारको विजोग भएको हो । ‘हात्तीले घर भत्काईदिएपछि छिमेकीको घरमा आश्रय लिएर बसेका छौ,’ चम्फाले भने । उनी हरेक दिन अर्काकोमा गएर ज्याला मजदुरी नगर्दा घरमा चुल्हो बल्दैन् । घरमा बसेर केही नभएपछि चम्फाका श्रीमान केही महिना अघि भारतमा ज्यालामजुरी गर्न गएका छन् ।

lotus institite

दुई नानी सहित चम्फा बडुवाल टोलमा बस्दै आएका छन् । घरमा भएका दुई छोरा छोरीलाई छाडेर उनी अर्काको मजदुरी गर्छन् ।

हात्तीले उनको घर भत्काएर उदांगो बनाएपछि उनलाई छाक टार्न संगै बस्नको समस्या छ् । अहिले सम्म कसैले घर बनाईदिउला भन्ने आशा पनि दिलाएका पनि छैनन् । केही दिन अघि पाएको खाद्यान्न पनि हात्तीले खाईदिएपछि उनलाई एक छाक टार्न समेत सकस भएको चम्फाले बताएका छन् ।

अर्काको घरमा शरण लिएर बसेका चम्फाको लत्ताकपडा पनि हात्तीले नष्ट गरिदिएपछि उनि र उनका सन्तान एक सरो लुगामा दिन बिताउदै आएका छन् ।

‘राती भएपछि प्रायः सबै जना जागै बस्ने गछौ,’ अर्का स्थानिय महाविर क्षेत्रीले भने– ‘जगंलबाट वस्तीमा कति बेला हात्ती बस्तीमा पस्छ र कस्को ज्यान लिन्छ भन्ने हामी त्रासमा रहन्छौं ।’ यसरी हात्ती मानव बस्तीमा प्रवेश गरि विध्वंश च्चाएको तीन महिना बितिसकेको छ् ।

राज्यले कुनै प्रकारको सहयोग गरेको छ्ैन् । यो तिन महिनाको अवधिमा अहिले सम्म मानवीय क्षती भने भएको छैन् । दुई जना भने घाईते भएका छन् । हात्तीले घर–टहरा भत्काएर सर्वसाधारणलाई दुःख दिदै आएको छ् । विशषेगरी, जगंल क्षेत्र आसपासका वस्तीमा हात्ती आतंक कायमै छ् ।

पहिला बस्ती नजिकको खेतमा रहेको अन्नवाली खाने गरेको थियो । अहिले आएर खेतमा अन्नपात सकिएपछि घर तोड्न थालेको छ् । घरमा भएको खाद्यान्न, लुगा कपडा तथा भाडाकुडा नष्ट गर्ने गरेको स्थानियहरु बताउँछन् ।

Himal dental
सम्बन्धित
Loading...