
महेन्द्रनगर । भीमदत्त नगरपालिका ११ का वडा अध्यक्ष प्रकाश थापाले स्थानीय क्बललाई सहयोग गरेका छन् । वडा अध्यक्ष थापाले आफ्नो सेवा सुविधाबाट आर्दश विकास समाज क्लबलाई नगद ११ हजार सहयोग गरेका हुन् ।
वडा अध्यक्ष थापाले स्थानीय तह निर्वाचनमा गरिएको वाचा अनुसार सहयोग गरेको छ । २०७९ को निर्वाचनमा उनी नेपाली काँग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष थापाले सेवा सुविधाबाट तिहारमा विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्ने बताए ।
वडा कार्यालयमा सोमबार क्लबका अध्यक्ष नरेश सार्कीलाई रकम हस्तान्तरण गरिएको छ ।
