
डिल्लीराज पन्त
महेन्द्रनगर । तिहार र छठपर्व नजिकिदै गर्दा जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरद्वारा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु गरिएको छ । सोमवारदेखि ट्राफिकको कार्यालयमा उदघाटन कार्यक्रम तथा प्रभात फेरि गर्दै सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताहको शुभारम्भ गरिएको हो ।
उक्त प्रभात फेरी कार्यक्रम ट्राफिक चोकदेखी प्रशासन कार्यालय, महाकाली प्रादेशिक अस्पताल, बजार एरिया, मदन चोक, दशरथ चोक, हुँदै बसपार्क बाट पुनः ट्राफिक चोकमा आएर कोण सभामा परिणत भएको थियो । प्रभात फेरीमा सचेतना मुलक व्यानर,प्ले कार्डसहित जिल्ला प्रहरी कार्यालय, स्थानिय तह, समाजसेवी, विद्यार्थी लगायत सहभागी भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरिक्षक नरेश विकले सोमवार उद्घाटन गरिएको कार्यक्रम सात दिन सम्म विभिन्न जनचेतना मुलक कार्यक्रम गरि मनाईने बताए । उनले सवारी चालक, अटो चालकहलाई प्रशिक्षण दिईने, सडकमा ट्राफिक सचेतनासहितका बोर्डहरु राख्ने, क्रस गर्ने बाटोमा जेब्रा क्रसिङ लाईन बनाउने बताए ।
यातायात कार्यालयसंग समन्वय गरी सवारी साधनको यान्त्रिक परिक्षण गर्ने, लामो तथा छोटो दुरीका चालकहरुको स्वास्थ्य परिक्षण गर्ने, पर्चा पम्पलेट माईकिङ आदी कार्य सप्ताहव्यापी गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुर ले जनाएको छ ।
विद्यार्थीहरुले पनि साईकलको प्रयोग गर्दा बिचार पुय्राउनु पर्ने एक लाईनमा रहेर सडकमा सवारी चलाउन अध्यक्ष एवम जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी कमल थापाले सवारी साधन प्रयोगकर्ताहरु, सडक प्रयोगकर्ताहरुलाई जानकारी दिन र साथै आम जनताहरुको सुरक्षाका लागी पनि यो जनचेतना मुलक कार्यक्रम अति आवस्यक रहेको बेलामा चाडवाडलाई लक्षित गरी कार्यक्रमको आयोजना गरिएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले पूर्व पश्चिम राजमार्ग लगायतका अन्य सडकहरुको स्तोन्नती नभएको चालकहरुमा सडकमा हिँडने हामीमा पनि अनुसासन, अनुभवको कमी रहेको बताए ।
सडकलाई प्रयोग गर्ने आम जनसमुदायहरुले पनि ट्राफिक नियमको पालना नगर्दा समस्या उत्पन्न भई दुर्घटना हुने र साथै सडकलाई मिचेर संरचना निर्माण गरिनु, सडकमा सामुदायिक पशुचौपाय छोड्नुले पनि हरेक दिन दुर्घटनाको जोखिम रहेको वताउदै यातायातका सवारी साधनहरु निकै पुराना हुने, सवारी साधनलाई परिक्षण चेकजाँच नगर्ने भएर पनि दुर्घटना बढ्ने भएकाले यसलाई न्युनिकरण गर्न यस्ताखाले कार्यक्रमले सहजता ल्याउने बताए ।
अहिले दुर्घटनाको अवस्था देशैभरमा बढी रहेको बेलामा सबैलाई सचेतना हुन आवस्यक रहेको र सबैले सचेत भईदिने हो भनेपनि दुर्घटना घटदै जाने कार्यक्रमा सहभागिहरुले वताएका छन ।
