ghar sansar

हात्तीको त्रासले बडुवाल टोलमा भागाभाग, सरकार मुकदर्शक

little buddha academy
khasi

–पप्पु गुरुङ्ग
दोधारा । दोधारा चाँदनी नगरपालिका–३ मा रहेको सीमा बस्ती बडुवाल टोलमा जंगली हात्तीले जनधनको क्षति गर्न थालेको दुई दशक वितिसक्यो । नेपाल–भारत सीमा क्षेत्रमा भूमिको रक्षाका लागि विसं २०२४ देखि बडुवाल टोलमा बसोबास गर्दै आएका स्थानिय पछिल्लो दुई दशक देखि जंगली हात्तीको त्रासदीले रातभर जाग्राम बस्नुपर्ने बाध्यतामा छन् ।

पारी भारतिय जंगलबाट हात्ती आएर बस्तीमा क्षति गर्न थालेको झण्डै दुई दशक भन्दा बढी समय भईसक्यो’, बडुवाल टोलका स्थानिय महाविर क्षेत्रीले भने, ‘अहिले सम्म जंगली हात्तीलाई बस्ती पस्नबाट रोक्न कुनै दीर्घकालीन सामाधानका उपाय खोजिएको छैन् ।’

,orning glory badhai

उनका अनुसार पछिल्लो झण्डै दुई सातामा मात्रै हात्तीले ७ घर भत्काएको छन् भने धेरै अन्नवालीमा क्षति पु¥याएको छ् । जोगबुडा नदी पारी नेपाल–भारत सिमा संग जोडिएको बडुवाल टोल बस्तीमा तीन सय घरपरिवारको बसोबास गर्दछन् । हात्तीले चम्फा सार्की, दिपक औजी, अमर मगर र रने सार्की, सुरज सुनार, लिला मगरको घर तथा भान्सा हात्तीले भत्काएको छ् ।

सातै जना बेघर भएर छिमेकीको घरमा आश्रय लिएर बस्न बाध्य भएका छन् । पक्की घर बाहेक कच्ची घर भएका स्थानियहरुले हात्तीको आक्रमणको डरले घर छाड्न थालेका छन् । कोही–कोही त समसाँझै खाना खाएर बोरि बिस्तारा लिएर पक्की घरको खोजीमा जाने गरेका छन् । रातीको समयमा हात्तीको बितण्डाको डरले उनिहरु घर छाडेका बताएका छन् । बस्तीमा सशस्त्र प्रहरी फोरवार्ड क्याम्प छ् ।

dirghayi clinic

थोरै जनशक्ती रहेको उक्त सशस्त्र प्रहरीको फोरवार्ड बेसमा थप जनशक्तीको आवश्यकता रहेको स्थानियहरुले महशुस गर्दै आएका छन् । यहाँ दशकौं देखि बसोबास रहेपनि स्थानियले जग्गाको पुर्जा नपाउदा हात्तीको आक्रमणमा परी ज्यान गुमाउादा पनि राज्यबाट क्षतिपूर्ति पाउन सकेका छैनन् ।’

यस अघि हात्तीको आक्रमणबाट स्थानीयवासीले ज्यान गुमाउदा क्षतिपूर्तिका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जाँदा जग्गाको पुर्जा मागे’, महाविर क्षेत्रीले भने, ‘विसं २०२४ देखि सीमामा दुःख सुख गरेर बस्ने नागरिकले जमिनको पुर्जा सम्म नपाउनु असह्य पीडाको विषय छ् ।’

बस्तीमा रातभरी जनताले ज्यान बचाउन हारगुहार लगाउदा पनि स्थानिय सरकार पनि मुकदर्श भएर बसेको स्थानियहरुको गुनासो रहदै आएको छ् । ‘स–साना बच्चा बोकेर रातभरी ज्यान बचाउन भागिरहेका हुन्छौं । तर सरकार पक्षले हाम्रो पिडा सुने नसुनेका गर्छन्’ स्थानिय मोहन सुनार भन्छन् ।

बडुवाल टोल निवासी तथा दोधारा चाँदनी नगरपालिका– ३ वडा सदस्य तथा कार्यपालिकामा रहेका लक्ष्मी रानाले हात्तीकै कारण राति सुत्न नपाएको धेरै समय भईसकेको बताए । ‘स्थानीयवासीले खेती त लगाउछन् तर भित्र्याउन नपाएको धेरै वर्ष भईसक्यो’, उनले भने, ‘जग्गाको पुर्जा नभएकाले राज्यबाट सहयोग पनि पाएका छैनन् ।’

यहाँका तीन सय घरधुरी मध्ये १०÷१२ परिवार संग मात्रै जमिनको पुर्जा रहेको रानाले बताए । ‘अन्नबाली खानका लागि हात्ती बस्ती पुगेर क्षति पु¥याउन थालेको १२÷१३ वर्ष नै भईसक्यो’, उनले भने, ‘एक बिघामा धान लाउनेले मुस्किलले दुई, तीन बोरा पाउछन् ।’

Himal dental
सम्बन्धित
Loading...