ghar sansar

गड्डाचौकीमा भारतीय बल मिच्याई विरुद्ध मौन बसेको भन्दै दलहरुप्रति देखिन थाल्यो आक्रोश, एमाले नेता खरेल भन्छन्– माननीय रमेश सरको धारणा सुन्न पाए कान पवित्र हुने थिए

little buddha academy
khasi

महेन्द्रनगर । भारतले पश्चिमी सीमा नाकामा एकलौटी संरचना बनाएको विषयमा राजनीतिक दलहरु मौन बसेको भन्दै आक्रोश पोख्न थालिएको छ । भारतले नेपाललाई जानकारी नदिई एकलौटी रुपमा गड्डाचौकी सीमा नाकाको सीमा स्तम्भसम्म सडक कालोपत्रे गरेपछि स्थानीय स्तरमा व्यापक विरोध भएको छ ।

एमाले केन्द्रीय लेखा आयोगका सदस्य ईश्वरी प्रसाद खरेलले दलहरु मौन बसेकोमा प्रश्न सोधेर धारणा मागेका छन् । उनले दलहरुलाई सीमा क्षेत्रमा भारतले एकलौटी बनाएका संरचनामा किन मौन बसेको भन्दै धारणा मागेका हुन् ।

,orning glory badhai

उनले संघीय साँसद र रमेश लेखक सहित सुदूरपश्चिम प्रदेशका साँसदहरु पनि मौन बसेको आपत्ति जनाएका छन् । ‘कञ्चनपुरका राजनैतिक पार्टीहरुको धारणा के हो किन नबोलेको नि ? कञ्चनपुरकै माननीयज्यू प्रतिनिधि सभा सदस्यज्यूहरु ,प्रदेश सभा का सदस्यज्यूहरु कतातिर घिउ खाँदै हो किन नबोलेको ? या ठिक हो भन या हाम्रो पहलमा बनाउन लगाएको भन केह त बोल ?’ खरेलले आफ्नो फेसबुकमा भनेका छन् ।

dirghayi clinic

उनले ब्रह्मदेब र जिमुवा लगायतका स्थानमा भारतले नेपाली भूमिमा विकास निर्माण कार्य अवरोध गर्दा समेत राजनीतिक दल र साँसदहरु मौन बसेकोमा नेता खरेलले आक्रोश पोखेका छन् ।

‘हामीले ब्रम्हदेवमा कालो पत्रे गर्दा भारतले रोक्यो ! जिमुवा कालो पत्रे गर्दा रोक्यो ! कञ्चनपुरकै विभिन्न ठाउँमा भारतले रोक्यो ! तपाईंहरुको बोली त्यति खेर पनि फुटेन ! माननीय रमेश सरको धारणा हामीले पनि सुन्न पाए हाम्रा कान पवित्र हुने थिए सर त्यस्तै ज्यूहरुको धारणा पनि सुन्न पाउ प्रभो ! ख्वामित !’ उनले लेखेका छन् ।

गड्डाचौकीस्थित नेपाल भारत सीमा स्तम्भ नं. ८०५ ÷१ (७) सम्म पुग्ने गरी भारतले एकलौटी रुपमा सडक कालोपत्रे गरेको छ । भारतले सडक मर्मत गर्ने भन्दै धमाधम सडक कालोपत्रे गरेको गरेको हो । अहिले भारतले सडक कालोपत्रे गरेको क्षेत्र नजिक नेपाली भूमिमा गत असारमा ग्राभेल गर्दा भारतीय एसएसबीले अवरोध गरेको थियो ।

भीमदत्त नगरपालिका ११ का वडा अध्यक्ष प्रकाश थापाले बताए दुई देशको सहमति विना सीमा क्षेत्रमा संचरना बनाउन नमिल्ने भए पनि भारतले एकलौटी रुपमा सडक कालोपत्रे गरेको बताए ।

‘नेपाली पक्षले आफ्नै भूमिमा संरचना निर्माण गर्दा अवरोध गर्ने अनि दशगजा र सीमा पिलर क्षेत्रमै पुगेर सडक कालोपत्रे कार्य निन्दनीय भएको छ’ वडा अध्यक्ष थापाले भनेका थिए ।

Himal dental
सम्बन्धित
Loading...