ghar sansar

दोधारा चाँदनी नगरपालिकाका कार्यक्रममा सहभागी नहुने ओमकार आधारभूत विद्यालयको घोषणा

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका १० स्थित ओमकार आधारभूत विद्यालयका प्रधानाध्यापकले नगरपालिकाका कार्यक्रममा विद्यार्थी सहभागी नहुने घोषणा गरेका छन् ।

ओमकारका प्रधानाध्यापक दिपकचन्द्र ओझाले शुत्रबार सामाजिक सञ्जाल फेसबुकबाट नगरपालिका स्तरीय कार्यक्रममा सहभागी नहुने घोषणा गरेका हुन् ।

प्रधानाध्यापक ओझाले नगरपालिका कार्यक्रम विद्यार्थीको मनोबल कमजोर बनाउने खालका भएकाले सहभागी गराउन नसकिने निर्णयमा पुगेको फेसबुकमा उल्लेख गरेका छन् ।

उनले नगरपालिका कार्यक्रममा विद्यार्थीलाई सहभागी गराउन भन्दा विद्यालयमा विद्यार्थीको प्रतिभाको प्रस्तुति गरिने जनाएका छन् ।

दोधारा चाँदनी नगरपालिकामा सामुदायिक र सस्थागत गरी तीन दर्जन बढी विद्यालय छन् ।

Himal dental
सम्बन्धित
Loading...