खुला मञ्चको रामलिलामा धनगढी उपमहनगरका मेयर हमाल, किताब विमोचन गरी फर्किए

महेन्द्रनगर । धनगढी उप महानगरपालिकाका मेयर गोपी हमाल रामलिलामा सहभागी भएर फर्किएका छन् । खुला मञ्चमा सञ्चालित रामलिलामा साँझपख आएका उनी केही समय बसेर फर्किएका छन् ।

उनले रामलिला कथाको नेपाली अनुवादमा लेखिएको किताबको विमोचन गरेका छन् । रामलिला समितिका अध्यक्ष शमरजङ्ग बहादुर चन्द लगायतले मेयर हमाललाई स्वागत गरे ।

हमालले फूलमाल नलगाई मञ्चमा आशन ग्रहण गरे । रामलिलामा दैनिक रुपमा सहभागी अतिथिलाई फूलमालाले स्वागत हुँदै आएको थियो । मेयर हमालले त्यसलाई अस्वीकार गरी मञ्चमा आशन ग्रहण गरेका हुन् । २०७९ को स्थानीय तह निर्वाचनमा उनी स्वतन्त्र रुपमा चुनाव लडेर मेयर निर्वाचित भएका थिए ।

 

सम्बन्धित
Loading...