ghar sansar

भीमदत्तको इको पार्कमा सरसफाई

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ स्थित ईको पार्कमा शनिबार सरसफाई गरिएको छ । भीमदत्त नगरपालिका वडा नं. १८ को अगुवाईमा विभिन्न क्षेत्रको सहभागितामा सरसरफाई गरिएको छ ।

भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देबकोटाले इको पार्कलाई सफा र स्वच्छ बनाउन सरसफाईका लागि अभियान सञ्चालन गरिएको बताए ।

,orning glory badhai

dirghayi clinic

‘यो पार्क भनेको हाम्रो साझा सम्पत्ती हो यसको सरसफाई संरक्षण मर्मत सम्भार गर्ने हाम्रो दायित्व भएकाले संरक्षण सरसफाई र अन्य सौन्दर्यताको काम गर्छौ’ उनले भने ।

पार्कमा कसरत गर्न व्यायम गर्न आउँने स्थानियहरुले पार्कमा फोहर बढेको भन्दै गुनाशो गर्न थालेपछि सरसफाई कार्यक्रम गरिएको पार्क व्यवस्थापन समितीका अध्यक्ष बिमल खडायतले जानकारी दिए । वडा कार्यालयको अगुवाईमा, नेपाली सेना, नेपाल प्रहरी, सामुदायिक प्रहरी, मन्त्र अस्पताल सशस्त्र प्रहरी, खेलाडी भाई बहिनी सामाजिक अगुवा लगायतको सहयोगमा पार्क सरसफाई गरिएको छ ।

भीमदत्त नगरपालिका संगको समन्वयमा यो पार्कमा फुल बोटविरुवाहरु लगाएर यसको थप सौन्दर्यता बढाउने योजना बनाइएको छ ।

 

Himal dental
सम्बन्धित
Loading...