महेन्द्रनगर । शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष नारायणदत्त पनेरुको अध्यक्षतामा गरिएको कार्यक्रममा नेफ्सकुनका सञ्चालक माधव प्रशाद जोशी प्रमुख अतिथि थिए ।
साधारण सभाबाट अध्यक्ष नारायणदत्त पनेरुले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन, व्यवस्थापक दामोदर सिह धामीको साँगठानिक, कोषाध्यक्ष पकज रावलको आर्थिक र लेखा संयोजक डा. मोहन प्रसाद पन्तको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित गरिएको छ ।
सहकारीमा हाल २ हजार ८ सय ४५ जना शेयर सदस्य छन् ।