
महेन्द्रनगर । बेदकोट नगरपालिका ९ मा भुईया समाज सेवा समितिको आयोजनामा शुक्रबार श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । यज्ञ स्थलबाट १०८ कलश सहित गाँउ परिक्रमा गरी भम्केश्वर धाममा पुगेर पुनः यज्ञ स्थलमा नै पुगेर कार्यक्रम उद्घाटन गरिएको छ ।

भुईया समाज सेवा समितिका अध्यक्ष तथा भलमन्सा नरेन्द्र रानाको सभापतित्वमा सम्पन्न् उद्घाटन कार्यक्रमा प्रमुख अतिथि वेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहरा, अतिथिमा वेदकोट नगरपालिका ९ का अध्यक्ष जनक बहादुर विष्ट, पुर्व अध्यक्ष राम सिंह धामी, वडा सदस्यहरु, संघ संस्थाका प्रतिनिधिहरु सहभागी भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि बेदकोट नगरपालिकाका नगर प्रमुख बोहराले भने,धर्म छोडेर अरु धर्ममा प्रवेश नगर्न र आफ्नो धर्मको रक्षा गर्नु पर्नेमा जोड दिए । उनले भने, ‘सबैको रातो रंगको रगत नै आउने हो त्यसैले जातिय कुरेती छोडी सद्भाव कायम राखेर हिनु धर्मको प्रचरप्रसार गर्नु पर्छ ।
कार्यक्रममा बेदकोट ९ का वडा अध्यक्ष जनक बहादुर बिष्टले भने, ‘अहिले हिन्दू धर्म अतिक्रमण भईरहेको बेला हिन्दू धर्मको हित हुने धार्मिक कार्यक्रमले धर्म रक्षा हुने छ ।
“बिना सत्संग विवेकन होई, रामकृपा विन सुलभन सोई” “तन—मन—धनले भगवात भगवानको सेवा गरौं ” भन्ने मूल मन्त्रका साथ सुरुहुने श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना भएको भलमन्सा नरेन्द्र रानाले बताए । कञ्चनपुरमै पहिलो राना थारु समुदायको अगुवाईमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएकाले सबैलाई सहयोगका लागि उनले आग्रह गरे ।
तस्बिरहरु : भोजराज पन्त
