Sarsoti

अस्ट्रेलियालाई विश्वकप उपाधि

lotus institute

महेन्द्रनगर । अस्ट्रेलियाले भारतलाई ६ विकेटले सहजै पराजित गर्दै आईसीसी एकदिवसीय विश्वकप उपाधि जितेको छ। भारतले पहिले ब्याटिङ गर्दै जितका लागि दिएको २४१ रनको लक्ष्य अस्ट्रेलियाले ७ ओभर खेल्न बाँकी रहँदै ४ विकेटमात्र गुमाएर भेट्टायो ।

Mahendranagar

ट्राभिस हेडको शतक र मार्नस लाबुशेनको अर्धशतकको सहायताले अस्ट्रेलियाले सहजै उपाधि जित्यो । गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङ गरेको भारतले २४० रन बनाएको थियो ।

morning glory

चौथो विकेटका रुपमा आउट हुनुअघि ट्राभिस हेडले १२० बलमा १३७ रन बनाए । उनी आउट हुँदा अस्ट्रेलियालाई जितका लागि २ रनमात्र चाहिएको थियो । उनीपछि क्रिजमा आएका ग्लेन म्याक्सवेलले पहिलो बलमा नै २ रन लिँदै अस्ट्रेलियालाई विश्वकप विजेता बनाए ।

saark school
सम्बन्धित
Loading...